एस पी लामालाई गुम्बाद्धारा बधाइ तथा सम्मान

पोखरा २४ माघ/पोखरा १० बुद्धशान्तिमार्गमा रहेको टांसी छ्योएलिङ्ग गुम्बा (गोपाल गुम्बा ) ले हालै पोखरा सरुवा भइ आएका कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक बसन्त कुमार लामालाई सम्मान तथा बधाई ब्यक्त गरेको छ । शुक्रवार एक कार्यक्रमको आयोजना गरी गुम्बाले एसपी लामालाई बधाई तथा सम्मान ब्यक्त गरेको हो ।

सम्मान तथा वधाइ कार्यक्रममा वोल्दै कास्की प्रहरी प्रमुख लामाले आफुलाई गुम्बाले बधाइ तथा सम्मान गरेर आगामी दिनमा आफ्नो जिम्मेवारी प्रति ध्यान केन्द्रित वनाएको वताए । सम्मान र बधाइलाई आत्मसाथ गर्दै आगामी दिनमा प्रहरीको काम कर्तब्य प्रति निष्ठ भएर लाग्ने वताउदै लामाले आगामी दिनमा गुम्बाको हरेक कार्यक्रमहरुमा उपस्थिती जनाउने समेत वताए ।

एसपी बसन्द कुमार लामालाई सम्मान पछि सामुहिक तस्वीर खिचाउदै
एसपी बसन्द कुमार लामालाई सम्मान पछि सामुहिक तस्वीर खिचाउदै

कार्यक्रममा गुम्बाका लामागुरु आम्ची गोपाल गुरुङ्गले आदिवासी जनजातिको छोरा नेपाल प्रहरीको उच्च पदमा पुगेकोमा खुसीयाली ब्यक्त गर्दै आगामी दिनमा एसपी लामाको प्रगतीको समेत कामना गरे । उनले भने आदिवासी जनजातीको छोरा जिल्लाकै प्रमुख हुनु भनेको सानो तिनो कुरा हैन, अन्य ब्याक्तिहरुले पनि लामाको अनुसरण गर्नुपर्ने देखिन्छ ।

सम्पूर्ण कास्कीको शान्ति सुरक्षा कायम गरी शान्ति अमन चयन गर्नका लागी शक्ति प्रदान होस भनेर गुम्बाले लामालाई बधाइ तथा सम्मान गरेको गुम्बाले जनाएको छ । कार्यक्रममा घान्द्रुक तमु समाज, ब्रत आमा समुहका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।

कमेन्टहरु
Loading...