स्वस्तीका मेडिकल सेन्टरमा प्रयोगशाला विस्तार

पोखरा, २५ साउन / पोखराको नयाँ बजारस्थित स्वस्तीका मेडिकल सेन्टर स्थापनाको चौथो वार्षिक दिवसका अवसरमा आजदेखि प्रयोगशाला, इसिजी, भिडियो एक्सरे लगायतका सेवा विस्तार गरेको छ ।

स्थापनासँगै सेवाग्राहीको संख्या समेत बृद्धि भैरहेको अवस्थालाई दृष्टिगत गरी सेवा विस्तार गरिएको स्वस्तीका मेडिकल सेन्टरका सञ्चालक देबेन्द्र पौडेलले जानकारी दिनुभयो ।

बरिष्ठ चिकित्सकको प्रत्यक्ष निरानी सहित स्वास्थ्योपचार सेवा प्रदान गरिदै आएको जानकारी दिदै उहाँले भरतपुर क्यान्सर अस्पतालका चिकित्सक हाड जोर्नी, नशा तथा क्यान्सर रोग विशेषज्ञ एवम् अर्थो डिपार्टमेन्टका प्रमुख डा. अरुण सिग्देल, नेशनल हस्पिटल काठमाडौंका पेट, मुटु तथा छाती रोग विशेषज्ञ डा. प्रकाश पौडेल, डा. रविनबाबु पौडेल लगायतले बिरामीको नियमित स्वास्थ्य परीक्षण गर्दै आउनुभएको बताउनुभयो ।

चौथो वर्षमा प्रवेश गरेका अवसरमा आज डा. रविनबाबु पौडेलबाट निशुल्क स्वास्थ्य परीक्षण गरिएको मेडिकल सेन्टरकी सञ्चालिका मीना क्षेत्री जानकारी दिनुभयो । ल्याब टेक्निसियन सविता शाहनीका अनुसार आज गरिएको निशुल्क मधुमेह परीक्षणमा ६५ जनाले रक्त परीक्षण गराएका छन् भने थाइराइडका बिरामीले पनि रगत परीक्षण गरेका छन् ।

कमेन्टहरु
Loading...