सनफ्लावर वोडि· स्कुलद्धारा पोखरा वृदाश्रमका वृद्धवृद्धालाई सहयोग

पोखरा, २६ माघ। पोखरा–२ अर्चलबोटमा रहेको सनफ्लावर वोडि· स्कूलले रजत जयन्तिको अवसरमा आईतबार पोखरा सितापाईलामा रहेको पोखरा वृद्धाश्रका वृद्धवृद्धाहरुलाई फलफुल तथा झुल वितरण गरेको छ । विद्यालयका निर्देशक दिपक शाहाको नेतृत्वमा गएको टोलीले पोखरा वृद्धाश्रमका वृद्धवृद्धाहरुलाई ६४ वटा झुल र फलफुल वितरण गरेको हो ।टोलीमा विद्यालयका निर्देशक शाहा सहित शिक्षक मोहन पौडेल, सोमनाथ पौडेल, निर्मलप्रसाद अधिकारी तथा कक्षा ९ र १० का विद्यार्थीहरुले वृद्धवृद्धाहरुलाई फलफुल वितरण गरेका थिए । फलफुल वितरण गर्न वृद्धाश्रममा नै पुगका विद्यार्थीहरु त्यहाको परिवेश देखर भावुक वनेका थिए । सहयोग पाएपछि त्यहा वृद्धवृद्धाहरुको आखा पनि रसाएका थिए । उनिहरुले सवैको यस्तै खालको सहयोग र सद्भावले आफ्ना पिडाहरु भुलेको वताउदै आगामी दिनमा पनि यस्ता खालका सहयोग गर्न आग्रह गरे ।

कार्यक्रममा बोल्दै विद्यालयका निरिक्षक शाहाले मानविय सहयोगको भावना जगाउने उद्देश्यले वृद्धाश्रममा सहयोग गरेको जानकारी दिए ।
हामी कुनै ठुलो सहयोग लिएर यहाँ आएका होईनौ उनले भने–मानविस सहयोगका साथ थोरै भएपनि सहयोग गरौ भन्ने उद्देश्यले नै सानो सहयोग गरेका हौ । उनले वृद्धाश्रममा वस्ने वृद्धवृद्धाको भावना वुझ्नका लागि पनि विद्यार्थीहरु सहित कार्यक्रममा सहभागि भएको जानकारी दिए ।

पोखरा वृद्धाश्रमका उपाध्यक्ष टीकाबहादुर भण्डारीले ज्येष्ठ नागरिकहरु अझै पनि अपहेलित गर्ने गरेको बताए । उनले राज्यले वनाएका निति नियमहरु कार्यान्वयन नहुदा समस्या परेको बताउदै वनेका निति तथा नियमहरु कार्यन्वयनमा ल्याउनु पर्ने बताए । उक्त कार्यक्रममा सहभागि र वृद्धवृद्धाहरु भजनकृतन गाएर नाच गान गरि रमाईलो समेत गरेका थिए । पोखरा वृद्धाश्रमका उपाध्यक्ष टीकाबहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा शिक्षक मोहन पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

कमेन्टहरु
Loading...