द आर्ट अफ लिभिङ पोखरा द्वारा कालिकामा ५० वटा सोलार लाइट वितरण

पोखरा, २५ माघ/द आर्ट अफ लिभिङ पोखराले कास्कीको कालिका गाविसमा ५० वटा सोलार लाईट निःशुल्क वितरण गरेको छ । द आर्ट अफ लिभिङ पोखराले कालिका गाविसका विपन्न ५० घरपरिवारलाई आज सोलार लाईट निशुल्क वितरण गरेको हो । कालिका गाविसमा २० बर्ष भन्दा अगाडी विजुली बत्ती पुगेपनि ति घर परिवार आर्थिक अबस्था कमजोर भएकैले अहिले सम्म विजुली बाल्नबाट बञ्चीत रहेका थिए ।

आर्ट अफ लिभिङले निशुल्क सोलार जडान गरे पछि अहिले उनिहरुको परिवारमा खुशीयाली छाएको छ । कालिका वडानं १ की सुनिता भुजेलको परिवार अहिले निकै हर्षित छ । छिमेकीको घरमा बत्ती बोल्दा आफ्नो घर अन्धकार हुने गरेको सुनाउदै उनले अब भने सोलार बत्तीले घर झलमल्ल हुने भन्दै छोरा छोरीको पढाईमा पनि सुधार आउने बताइन् ।

द आर्ट अफ लिभिङ पोखराले सोलार लाइट वितरण
द आर्ट अफ लिभिङ पोखराले सोलार लाइट वितरण

द आर्ट अफ लिभिङ पोखराका संयोजक नरेश भट्टराईले द आर्ट अफ लिभिङका सस्थापक रविशंकर पोखरा आउदा एक हजार घरमा निशुल्क सोलार लाइट विरण गर्ने बताएको जनाउदै देशका विभिन्न ठाँउमा सोलार लाईट निशुल्क वितरण गरेको बताए । अहिले सम्म पाल्पा , लमजुङ ,चितवन ,भोजपुर ,इलाम ,ताप्लेजुङ ,कास्की ,बझाङ ,मोरङ लगायतको जिल्लाका विपन्न तथा अहिले सम्म विजुली नपुगेका दर्गम क्षेत्रमा सोलार लाईट वितरण गरेको बताए ।

करिब ४ लाख रुपैया खर्च गरि सोलार जडान गरेको भट्टराईले बताए । दआर्ट अफ लिभिङ पोखराका कोषाध्यक्ष विश्वमोहन अधिकारीले वितरण गरेको सोलार लाईट बाट ३ वटा बल्ब बाल्न मिल्ने बताउदै एक पटकमा एउटा मोबाईल चार्ज गर्न मिल्ने बताए । अधिकारीले सोलारको प्यानलमा २० बर्षे र ब्याट्री र बल्बमा दुई बर्ष ग्यारेन्टी रहेको बताए ।

 

 

कमेन्टहरु
Loading...