आकाशमा चम्किलो बस्तु देखियो

पोखरा, १३ चैत / बिहीबार राति गण्डकी प्रदेशका अधिकाश भागबाट आकाशमा आगो, धुवाँको मुस्लो सहित अनौठो आवाज सुनिएको छ ।

अन्दाजी राति ८ बजे १० मिनेट जाँदा कास्की, पर्वत, स्याङजा, म्यादी, बाग्लुङ लगाएतका जिल्लाबाट आकाशमा आगोको मुस्लो सहित देखिएको हो ।

आकाशमा देखिएको उज्यालो देखिएको भन्दै सामाजिक सञ्जालमा आकाशमा उज्यालो हुने गरी देखिएको धुँवा र आवाजका बारेमा धेरैले लेखेका छन् ।

अनौठो बस्तुका बारेमा आधिकारिक जानकारी के हो भन्न जानकारी प्राप्त हुन सकेको छैन ।

कतिपयले उल्का वर्षा भएको बताएका छन् । थ्याचर नामक पुछ्रेताराले छोडेका धुलाका कणहरु पृथ्वीको वायुमण्डलमा घर्षण भई जलेर नस्ट हुँदा उल्का वर्षा देखिने गर्दछ । थ्याचर पुछ्रेताराले सूर्यको एक परिक्रमा लगाउन ४१५ वर्ष लगाउँदछ । यदि यस्तो दृश्यमा १० वा सोभन्दा बढी उल्का देखिएमा त्यस्तो घटनालाई ‘उल्का वर्षा’ भन्ने गरिन्छ ।

कमेन्टहरु
Loading...