पोखराकी श्रेयालाई बलात्कारपछि हत्या गर्ने कुसुम जेल चलान

पोखरा, २४ असोज / असोज ८ गते पोखरा महानगरपालिका २२ पुम्दीभुम्दीकी श्रेया विक सुनारको बलात्कारपछि हत्या भयो । असोज १०

गते हत्या आरोपमा छिमेकी पक्राउ परे । घटना विवरण र अनुसन्धानबाट उनकै छिमेकी कुशुम पौडेल हत्यारा ठहरिए । कुसुमलाई मगलबार

जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । अहिलेसम्म जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका उनी

बुधबारदेखि कारागार चलान भएका छन् ।

रक्सीले टिल परेर हिडिरहेका कुशुमले श्रेयालाई देखेपछि चकलेट किन्ने पैसा दिने लोभमा बलात्कार प्रयास गरेका थिए । श्रेयाले प्रतिकार

गर्न खोजेपछि उनले झाडितिर हुत्याईदिए । श्रेया हलचल गर्न नसकेपछि त्यही मौका छोपेर कुशुमले बलात्कार गरे । पछि ढुंगाले हानेर

श्रेयाको हत्या गरिदिए ।

न्यायाधीश योगेन्द्रप्रसाद शाहको इजलासले मंगलबार पौडेललाई थप अनुसन्धानका लागि कारागार पठाउने आदेश दिएको हो । नेपाल

सरकार वादी र कुसुम पौडेल प्रतिवादी भएको मुद्दामा न्यायाधीश शाहले आदेश सुनाएका हुन् । अदालतमा मंगलबार भएको थुनछेक

बहसमा कुसुमले श्रेयाको बलात्कारपछि हत्या गरेको बयान दिएका छन् ।

कमेन्टहरु
Loading...