सीमा अतिक्रमण र एमसीसी सम्झौताको बिरोधमा पोखरामा प्रदर्शन

पोखरा, २२ जेठ / सीमा अतिक्रमण र अमेरिकासँग गर्न लागिएको एमसीसी सम्झौताको बिरोधमा पोखरामा विरोध प्रदर्शन भएको छ ।

सामाजिक सञ्जाल फेसबुकलगायतमा जोडिएका युवाहरुको समूहले प्रविधिको प्रयोग गरेर सीमा अतिक्रमण र एमसीसीको विरोध गरेका हुन् ।

‘क्लेम दी वोर्डर‘ नाम दिएर साँझ गरिएको कार्यक्रममा ड्रोनले नेपालको राष्ट्रिय झण्डा फहराउँदै सीमा अतिक्रमण र एमसीसी सम्झौताको विरोध गर्दा रोबोट विरोध प्रदर्शन गर्ने जुलुशमा सरिक भयो ।

पोखराको चिप्लेढुंगामा प्रविधिको प्रयोग गरेर सामाजिक दुरी कायम गर्दै कार्यक्रम गरिएको कार्यक्रम संयोजक गोविन्द आचार्यले बताए ।

युवाहरुलाई आफ्नो देशको राष्ट्रियता र मातृभूमिप्रति जागरुक गराउन कार्यक्रम गरिएको ‘क्लेम दी वोर्डर’ अभियानले जनाएको छ ।

राष्ट्रिय महत्वको विषयमा विगतमा धेरै गल्ती हुँदा सीमा अतिक्रमण र हस्तक्षेप बढेकाले आगामी दिनमा त्यस्तो नदोहोरियोस् भनेर चेतावनी स्वरुप आफूहरुले कार्यक्रम गरिरहेको कार्यक्रम संयोजक आचार्यले बताए ।

यसअघी मंगलबार चितवनको हाकिम चोकमासमेत यस्तो कार्यक्रम गरिसकिएको ‘क्लेम दी वोर्डर‘ अभियानले जनाएको छ ।

कमेन्टहरु
Loading...