शिवरात्रीमा माझथुम सिद्धबराहमा भजन चुड्का प्रतियोगिता हुने

पोखरा, ७ फागुन / महाशिवरात्रीको अवसरमा सिद्धबराह तपोवन सन्यास आश्रममा भजन चुड्का प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका २३ ठुलाखेत माझथुममा रहेको सिद्धबराह तपोवन सन्यास आश्रममा खुला भजन चड्का प्रतियोगिता हुन लागेको हो ।

भजन चुड्का प्रतियोगिताको विजेतालाई नगद ३० हजार रुपैया, दोस्रो हुनेलाई २० हजार, तेसोलाई १० हजार र सान्तोना पुरस्कार ५ हजार रुपैया, प्रमाणपत्र प्रदान गरिने कार्यक्रम संयोजक हरी पौडेलले जानकारी दिए ।

उनले उत्कृष्ट भषभुषा १ हजार र उत्कृष्ट नृत्यलाई १ हजार रुपैया प्रदान गर्दे उनले बताए । उनले भजन चुड्का बढिमा १५ मिनेट लामो हुने, एक समुहमा १० देखी २० जना सहभागी हुनुपर्ने र फागुन ९ गते महाशिवरात्रीका दिन विहान १० बजे सम्म टिम दर्ता गर्न सकिने बताए ।

सोही दिन सिद्धबराह मन्दिरमा १०८ फुटको हनुमानको मुर्ती शिलान्यास कार्यक्रम समेत रहेको सिद्धबराह तपोवन सन्यास आश्रम सञ्चालक समितिका उपाध्यक्ष हरी भण्डारीले जानकारी दिए । मुर्तीको गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले शिलन्यास गर्ने कार्यक्रम रहेको उनले बताए ।

सिद्धबराह मन्दिर परापुर्व कालदेखीनै धार्मिक स्थलका रुपमा चिनिदै आएको छ । सिद्धबराहमा नियमीत पुजाका साथ बालचर्तुदशी, शिवरात्रीमा ठुलो मेला लाग्ने गरेको छ । सिद्धबराहमा केही वर्ष पहिले शिवरात्रीको अवसरमा अखण्डक र्कितन समेत हुने गरेको थियो ।

कमेन्टहरु
Loading...