बलात्कारपछि हत्या गरिएकी पोखराकी श्रेयाको १० दिन पछि दाहसंस्कार

पोखरा, १८ असोज / बलात्कारपछि हत्या गरिएकी पोखरा २२ पुम्दीभुम्दीकी श्रेया विक सुनारको बुधबार दाहसंस्कार भएको छ । अस्पतालबाट

शव बुझेर आफन्तले अन्तिम संस्कार गरेका हुन् । प्रशासनले अपराधीमाथी कडा कारबाही गर्ने बताए पछि शव बुझेको आफन्तले बताएका छन् ।

श्रेयाको शव ९ दिन देखि पोखराको स्वास्थ्य बिज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको थियो । अन्तिम संस्कारका बेला कास्की प्रहरी प्रमुख एसपी

ओम रानाले अपराधी कानुनी कठघरामा पुगिसकेकोले जन्मकैदसम्मको कारबाही हुने बताए ।

श्रेयाको हत्याको आरोपमा छिमेकी २७ बर्षिय कुशुम पौडेल हत्या आरोपमा पक्राउ परेका छन् । स्थानीय लिला आधारभूत स्कुलको ३ कक्षामा

पढ्ने १० बर्षिया बालिका श्रेयाको असोज ८ गते साँझ हत्या भएको थियो ।

कमेन्टहरु
Loading...