श्री एयरको पोखरामा परीक्षण उडान सफल, ब्यवसायिक उडान गर्ने

पोखरा, ७ माघ / श्री एयरलाईन्सले पोखरामा सोमबार परीक्षण उडान गरेको छ । एयरलाईन्सले सोमबार दिउँसो साढे २ बजे ८० सिट क्षमताको (क्यू ४००) जहाजबाट सफल परीक्षण उडान गरेको पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुबेदीले जानकारी दिए ।

श्रीले नेपाल नागरकि उड्यनका प्राविधिक र कम्पनीका करिब १८ जना लिएर आएको थियो । पोखरामा परीक्षण उडान सफल भए पछि छिट्टै ब्यवसायिक उडान गर्ने कम्पनीले जनाएको छ ।

विगत ६ महिनाअघि साना एयरपोर्टमा सेवा दिने उद्देश्यले जहाज ल्याए पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमति नदिएपछि श्रीका जेट इन्जिन जहाजले उडिरहेकै गन्तव्यमा सेवा दिँदै आएका थिए ।

पोखरामा उडानका लागि नियमित उडानको लागि भने सफल परीक्षण उडान गरेको रिपोर्ट बुझाए पछि मात्रै प्राधिकरणले अनुमति दिने छन् ।

कमेन्टहरु
Loading...