सहारा बाल निमाविलाई हङकङबाट १ लाख ३० हजार

पोखरा, ७ साउन/सहारा बाल निमावि पोखरा ९ बसपार्कको भवन निर्माणको लागि सहारा क्लव हङकङले १ लाख ३० हजार आर्थिक सहयोग गरेको छ । क्लवको तर्फबाट कार्यसमिति सदस्य सरिता गुरुङ, आजिवन सदस्य राजकुमार सापकोटा र रामजी गुरुङले भवन निर्माण समितिका संयोजक पुर्णबहादुर गुरुङ र प्रधानाध्यापक लोचना अधिकारीलाई बिहीबार बिच प्रदान गरे ।

हङकङमा सरिता गुरुङ, कमला थापा, लगायतले उक्त रकम संकलन गरेका थिए । सहारा क्लव हङकङका आजिवन सदस्य सापकोटाले विद्यालयलाई चौतर्फी सहयोगको आवश्यक रहेको धारणा राखे । सुकुम्बासी तथा श्रमक्षेत्रका अभिभावकबाट आर्थिक सहयोग जुटाउन कठिनाई भएको वेलामा सहारा हङकङको सहयोगले ठुलो राहात मिलेको प्रअ अधिकारीले उल्लेख गरिन् ।

सहारा बाल निमाविलाई हङकङबाट १ लाख ३० हजार
सहारा बाल निमाविलाई हङकङबाट १ लाख ३० हजार

उनले विद्यालयले गरेको रचनात्मक कृयाकलाप, टोल सुधार समिति, अभिभावक आमा समूह सहयोगी संघ संस्थाबाट  २ लाख ६० हजार संकलन भएको जानकारी दिइन् । समारोहमा कृष्ण टोल विकास संस्थाका अध्यक्ष लेखुराम खातीले १० हजार संयोजक गुरुङलाई प्रदान गरेका थिए । सचारकर्मी दिपेन्द्र श्रेष्ठ ले पनि सहयोग को लागी पहल गर्ने बचन गने धारणा राखे ।

व्यवस्थापन समितिका सदस्य रामप्रसाद सुवेदीले वैशाख देखि निर्माण कार्य सुरु भएको भवन २ महिना सम्ममा ऋण धन गरेर सम्पन्न गर्ने जानकारी दिए । भवन निर्माण समितिका संयोजक गुरुङले नेपाल बाल मजदुर सरोकार केन्द्र (सिविन)को सक्रियतामा विद्यालय खोलेको जनाए । सहारा क्लवका अध्यक्ष वीरभद्र आचार्यले २०५४ सालमा विद्यालय प्रांगणमा क्लव स्थापना भएको बताए ।

विद्यालयका विद्यार्थीहरुले अतिरिक्त कृयाकलाप तर्फ टुडिखेल श्रोत केन्द्रका २३ विद्यालयमा उत्कृष्ठता हासिल गरेको प्रअ अधिकारील बताइन् । दरवन्दीका ८ र निजीश्रोतबाट ४ शिक्षक राखिएको विद्यालयमा २ सय ५० विद्यार्थी अध्ययनरत छन ।

कमेन्टहरु
Loading...