असार ६ गते शुक्रबार शैक्षिक हडताल (बिज्ञप्ती सहित​)

पोखरा, ५ असार ।नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट बिध्यार्थी संगठनाखिल क्रान्तिकारीले कास्की सहित केही जिल्लामा शुक्रबार शैक्षिक हड्तालको घोषणा गरेको छ ।

शुक्रबार शैक्षिक हडतालको घोषणा

क्रान्तिकारी कास्की उपाध्यक्ष आस्था नेपालीले बिहीबार विज्ञप्ति निकालेर शैक्षिक हड्तालको घोषणा गरेकी हुन । उनले कास्की अध्यक्ष काजी गुरुङ सहित क्रान्तिकारी र नेकपाका कार्यकर्तालाई गिरफ्तार, धरपकड र झुठा मुद्दा लगाएको भन्दै उनीहरुको तत्काल विना शर्त रिहाइ गर्न माग गदै हडताल आह्वान गरिएको जनाएकी छन्।

कमेन्टहरु
Loading...