भयरेश्वरी आधारभुत विद्यालयलाई सेन्ट मेरिजको सहयोग

पोखरा, ९ पुस /पोखरा १५ नयाँगाऊमा रहेको सेन्ट मेरिज माध्यमिक विद्यालयले पोखरा १४ चाउथेमा अबस्थित भयरेश्वरी आधारभुत विद्यालयलाई दिनको खाजाको लागि खाध्यन्न हस्तान्तरण गरेको छ ।सोमबार सेन्ट मेरिज माध्यमिक विद्यालयका प्राचार्य सिस्टर मार्गरेट मेरी सिजेको सहयोगमा बिपन्न तथा मजदुर बर्गका छोराछोरी पढ्ने भयरेश्वरी आधारभुत विद्यालयको कक्षा नर्सरी र कक्षा १ मा अध्ययनरत साना बिध्यार्थीहरुको दिनको खाजा कार्यक्रमको लागि खाध्यन्न हस्तानतरण गरिएको हो ।

सो अवसरमा सेन्ट मेरिजका प्राचार्य सिस्टर सिजे, हिमाली साँस्कृतिक परिवार पोखरा ९ का अध्यक्ष एवं उक्त विद्यालयका शिक्षक मानकाजी गुरुङ सहितको नेतृत्वको टोलीले २५ किलोग्रामका ४ बोरा चामल, २५ किलोग्राम दाल, ५० किलोग्राम गहुँको आटा, तरकारी मसला १२ प्याकेट, भाडा तथा कपडा धुने २ प्याकेट वासिङ्ग पाउडर भयरेश्वरी आधारभुत विद्यालयका प्रधानध्यापक मीना कार्कीलाई हस्तानतरण गरेका थिए ।

नेपाल कम्युनिष्ट पाटी नेकपाकी नेत्री एवं समाजसेबी बिजया सुबेदीको बिशेष पहल र नेपाल कम्युनिष्ट पाटी नेकपाका नेता एवं समाजसेबी बलराम पौडेलको व्यबस्थापनमा मजदुर र बिपन्न बर्गका छोराछोरी अध्ययन गर्ने भयरेश्वरी आधारभुत विद्यालयलाई यो सहित गरि पाँच पटक खाध्यन्न सहयोग हस्तान्तरण गरिएको हो ।यसभन्दा अगाडि पनि उनिहरुकै पहलमा पोखरा ४ निवासी निता कायस्थ, गण्डकी प्रदेशका सांसद एव बरिष्ठ ब्युटिसियन मिना गुरुङ, पोखरा १० निवासी गंगा कुँवार र गजकुमारी गुरुङ र थ्रिएनजल नेपालका संस्थापक अध्यक्ष एवं समाजसेबी सारदा गौतम खत्री लगायतले सहयोग स्वरुप खाध्यन्न हस्तान्तरण गरेका थिए ।

बिपन्न र मजदुरका छोराछोरीका लागि आफ्नो पहलमा यो सहित पाँच पटक खाजा कार्यक्रमको लागी खाध्यन्न सहयोग गरिएको भन्दै समाजसेबी सुबेदीले सहयोग गर्न चाहाने संघ संस्था र ब्यक्तीले सहयोगी हात अगाडि बढाईदिन आग्रह गरिन् ।हरेक तिन तिन महिनामा यो कार्यक्रमलाई निरन्तरता दिईने उनको भनाई थियो ।भयरेश्वरी आधारभुत विद्यालयका प्रधानध्यापक मीना काकीको अध्यक्षतामा सम्पन्न खाध्यन्न हस्तान्तरण कार्यक्रमको संचालन भयरेश्वरी आधारभुत विद्यालयका सुचना अधिकारी बसुन्धरा पौडेलले गरेकी थिईन् ।

कमेन्टहरु
Loading...