रेन्बो एकेडेमी होम्स पोखरामा अन्तराष्ट्रिय स्क्रयाबल प्रतियोगिता

पोखरा, २३ पुस / सिकाइ सुधारका लागि अभ्यास महत्वपूर्ण छ । शब्दभण्डार बढाउने लगायतका विभिन्न सिकाइ सीपहरुको विकास गर्ने उद्देश्यले स्क्रयाबल क्लबको आयोजनामा पोखराको रेन्बो एकेडेमी होम्स अन्तराष्ट्रिय स्क्रयाबल प्रतियोगिता हुने भएको छ ।

बुधबार पत्रकार सम्मेलनमा गरेर माघ १ गते हुने प्रतियोगितामा नेपालका २२ र बंगलादेशका १८ गरी ४० जना विद्यार्थीले प्रतियोगितामा भाग लिने स्क्रयाबल क्लब पोखराका अध्यक्ष केशब प्रसाद पराजुलीले जानकारी दिए । उनले प्रतियोगिताबाट हिज्जे ज्ञानको सुधार र बिस्तारका लागि स्क्रयाबल निकै नै रुचिपूर्ण र लाभदायक हुने बताए ।

पोखरा सार्बजनिक पुस्तकालयको विशेष सक्रियतामा सन् २०१५ देखि नेपालमा स्क्रयाबल खेल प्रतियोगिताका रुपमा खेल्न थालिएको उनले बताए । हालसम्म नेपालमा अन्तराष्ट्रिय स्तरका दुइ खेल भइसकेको उनको भनाई छ ।

प्रतियोगिताले नेपाल भ्रमण बर्ष २०२० अवसरको प्रर्वद्धन गर्न समेत सहयोगित बन्न रेन्बो एकेडेमी होम्स पोखरा कोलपाटनका प्रधानध्यापक बाबुराम बरालले बताए । उनले कार्यक्रम भब्य र सभ्य बनाउनको लागि आफूहरु लागि परेको र विभिन्न तह र तप्काबाट सहयोग गर्ने बताए ।

पत्रकार सम्मेलनमा पोखरा महानगरपालिका १५ का वडअध्यक्ष प्रकाश पौडेलले कार्यक्रम सफलताको लागि अग्रिम शुभकामना तथा आवश्यक सहयोग गर्ने बताए ।

कमेन्टहरु
Loading...