नेपालमा विद्यालय व्यवस्थापन तथा सञ्चालनसम्बन्धी तालिम

पोखरा, २३ माघ प्याब्सन कास्कीको आयोजनामा बिहीबार नेपालमा विद्यालय व्यवस्थापन तथा सञ्चालनसम्बन्धी तालिम सम्पन्न भएको छ।
प्याब्सन कास्कीको सभाहलमा भएको सो तालिममा प्याब्सनसँग आवद्ध विद्यालयका ६० जनाको सहभागिता रहेको थियो। करिब चार घण्टासम्म चलेको सो तालिममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षक विकल शेरचनले विद्यालय सञ्चालन गर्दा पालना गर्नुपर्ने नीति तथा नियमबारे प्रशिक्षण दिएका थिए।सहभागीको तर्फबाट प्याब्सन कास्कीका वरिष्ठ सल्लाहकार धु्रव केसीले तालिम फलदायी र उत्प्रेरित गर्नेखालको भएको बताए। प्याब्सन कास्कीका अध्यक्ष चिनु रानाभाटले तालिमले विद्यालय सञ्चालकहरूलाई विद्यालय सञ्चालनार्थ भइरहने समस्यालाई निराकरण गर्न केही हदतक सहज हुने दाबी गरे। प्याब्सन कास्कीका अध्यक्ष चिनु रानाभाटको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव षडानन्द गौतमले गरेका थिए।

कमेन्टहरु
Loading...