सामाजिक अभियन्ता सरु सम्मानित

पोखरा, २० भदौ/ सामाजिक अभियन्ता सरस्वती दाहाल अधिकारी ‘सरु’ लाई सम्मान गरिएको छ । महिलामा

स्वास्थ्य सचेतना अभियानमा क्रियाशील रहँदै सामाजिक सेवा पु¥याएको भन्दै जाल्पादेवी महिला उद्धार समूहको

२० औं वार्षिकोत्सव अवसरमा उनलाई दोसल्ला ओढाउँदै सम्मानपत्र प्रदान गरिएको हो । गण्डकी प्रदेशका

उपसभामुख सिर्जना शर्माले उनलाई सो सम्मान प्रदान गरेकी हुन् । सम्मानित सरु विगत ८ वर्षदेखि

दिदीबहिनीलाई स्वास्थ्य क्षेत्रमा सचेतना अभियानसँगै क्यान्सर रोग निदानका उपायबारे जानकारी दिँदै अभियान

क्रियाशील छन् । उनी गत साता पनि स्थानीय पत्रकार मञ्चबाट सम्मानित भएकी थिइन् । कार्यक्रममा पोखरा वडा

८ का वडाध्यक्ष रुद्रनाथ बराललाई पनि सम्मान गरियो । कार्यक्रममा उपसभामुख शर्माले महिला घरघरमा सीमित

नभई आफ्नो हक अधिकारका लागि अघि बढ्नुपर्ने बताइन् । उनले सम्मानित व्यक्तित्वलाई बधाई दिँदै अझ

सफलताको शुभकामना दिइन् ।

संस्थाकी अध्यक्ष कान्ती अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सम्मानित व्यक्तित्व सरु अधिकारी,

वडाध्यक्ष बराल, संस्थापक अध्यक्ष शारदा शर्मा, वीरेन्द्र बिजुक्छे, कृष्णमान ठुसाजु, पार्वता पौडेल, कमला गिरी,

पवित्रा केसी, शारदा गिरी, पत्रकार कृष्ण थापा, सुष्मा पौडेल लगायत बोलेका थिए ।

संस्थाकी सचिव दुर्गा अधिकारी र कोषाध्यक्ष अमृता गिरीले प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाकी उपाध्यक्ष

राधिका थापाले स्वागत गरेको कार्यक्रमको संचालन सचिव दुर्गा अधिकारीले गरेकी थिइन् । जाल्पादेवी पोखराको

पुरानो संस्था हो ।

कमेन्टहरु
Loading...