प्रहरीले अपराधिक गिरोह सगँ साँठगाँठ गरे तत्कालै कार्वाही —सर्बेन्द्र खनाल

सागर राज तिमिल्सिना
पोखरा, ३० वैशाख /प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले प्रहरीलाई कुनै पनि अपराधिक गिरोह सगँ साँठगाँठ गरेको पाएमा तत्कालै कार्वाही हुने बताएका छन् । पोखरामा लागुऔषध विरुद्धको महाअभियानको स्मारीका विमोचन तथा कास्की प्रहरीकार्यालयका मुलगेट, सभाहल र नागरिक साहेता कक्षको उद्घाटन गर्दै पहिले नागरिकका काम गर्नु पर्ने बताए ।

उनले अपराधिक गिरोह, गुन्डागर्दि सगँ मिलेर काम गरेका पाएमा दुई दिन हैन प्रहरी संगठनमा एक दिन पनि रहन नसक्ने बताए । ‘नेपाल प्रहरीले कुनै अपराधिक साँठगाँठ गर्न सक्दैन, अपराधिक गिरोह सगँ मिल्न सक्दैन’ महानिर्देशक खनालले भने —‘चाहे त्यो एसपि होस्, चाहे त्यो डिएसपी होस्, चाहे एसएसपी होस्, चाहे मातहतका प्रहरी होस्, तत्कालै कार्वाही हुन्छ ।’

खनालले नागरिकका काम कुनै र्सोर्फोसका र राजनीतिक आधारमा नभै नियम अनुसार गर्न प्रहरी निकायलाई निर्देशन दिए । ‘नागरिकका काम कुनै ठुलो वा राजनीतिक दलको सिफारीसका आधारमा हैन’ उनले भने—‘निमुखा नागरिकको काम कुनै भनसुन नगरि कनै नीति र नियम अनुसार गर्नु पर्दछ ।’ उनले जुन प्रहरीले भनसुनका आधारमा काम गर्दैन त्यसलाई अरुले भन्न पनि छाड्ने गरेको अनुभव सुनाए ।

उनले पोखरा पर्यटकीय शहर भएका कारण रातभरि चल्नु पर्ने बताए । उनले भने ‘गुन्डा गर्दि गर्नेलाई पक्राउ गर्नु होस्, तर व्यवसायी गर्नेहरुलाई व्यवसाय गर्न दिनुहोस् । उनले व्यापार व्यवसाय बढे राज्यको करबढ्ने बताउदै राज्य समृद्ध भएर शान्ति सुरक्षा आफै हुने बताए ।

उनले लागुऔषधलाई देशभर अभियानका संचालन गरेर न्युनीकरण गर्ने बताए । कास्कीमा लागुऔषधको क्षेत्रमा राम्रो काम भएको भन्दै त्यसै गरि अन्य ठाउँमा पनि गर्नु पर्ने बताए ।

कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसी, कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, सामुदायीक प्रहरी सेवाकन्द्र कास्कीका अध्यक्ष विष्ण भट्टराई शान्ति सुरक्षाका लागि प्रहरी र नागरिक सगँ सगँ अगाडी बढ्नु पर्ने बताए ।

कास्कीका प्रहरी प्रमुख एसपि अशोक सिंहले कास्कीमा लागुऔषध महाअभियान संचालन भएपछि ८० प्रतिशत सम्म लागुऔषध प्रयोगमा कमि आएको बताए । उनले नागरिकलाई छिटो र छरितो सेवा दिनका लागि नागरिक साहेता कक्ष र सभाहल निर्माण गरेको बताए । कार्यक्रममा नागरिक साहेता कक्ष निर्माण र प्रहरीमा उत्कृष्ट काम गर्नेहरुलाई सम्मान गरेका थिए ।

कमेन्टहरु
Loading...