शारदा आधारभूत विद्यालयको नयाँ भवन हस्तान्तरण

पोखरा, २० असार /कास्की जिल्लाको रुपा गाउँपालिका वडा नम्बर ६ मोहरियास्थित शारदा आधारभूत विद्यालयको नवनिर्मित भवन हालै विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

भवनको कार्यक्रमका प्रमुख अतिथि जिल्ला आयोजना कार्यान्वयन इकाइका आयोजना प्रमुख सिनियर डिभिजन इन्जिनियर नवराज शर्माले उद्घाटन गरी विद्यालयलाई हस्तान्तरण गरेका थिए ।

जिल्ला आयोजना कार्यान्वयन इकाई मार्फत २३ लाख ५९ हजार ४ सय २३ रुपैयाको लागतमा २ कोठे ट्रस भवन राष्ट्रिय पूनःनिर्माण प्राधिकरणको आव २०७५/७६ को विद्यालय भवन पूनःनिर्माण कार्यक्रमबाट सम्पन्न भएको आयोजना प्रमुख शर्माले वताए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमबहादुर गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा अभिभावकहरु, शिक्षकहरु, स्थानिय संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

हाल कास्की जिल्लाभित्र २ कोठे, ३ कोठे र ४ कोठे भवन गरी ३ प्रकारका ३४ वटा विद्यालय भवनहरुको निर्माणको कार्य अन्तिम चरणमा पुगेको पनि सो अवसरमा जानकारी गराईएको थियो ।

कमेन्टहरु
Loading...