स्वागतमा बस्दा जाहजको झ्यालबाट देखेनौ र ?

सरु दाहाल अधिकारी

तिम्रो पर्खाईमा बाबा हातमा पहेलो
फुलको माला अनि ढाका टोपी लिएर
स्वागतमा बस्दा जाहजको झ्यालबाट देखेनौ र ?

आमा तिम्रै पर्खाईमा कुर्दै बस्दा हातको
फोन भुईमा नराखी घन्टि तिम्रै होकि
भन्दा फोन नचलेनि झरेसि खबर जाला भनेर लेखेनौ र ?

दिदीले भाइ आउदै छ भनी म पनि नेपाल आउछु
भनी छुट्टि मिलाएर आउदा दिदि को छिटो जाने
नेपाल बाबा पर्खाईमा हुनुहुन्छ भनेर एकपटक खबर गरेनौ र ?

बहिनिले डा. दाजु आउनु हुँदै छ भनी साथिहरु सँग
खासखुस गरि तिम्रै पर्खाईमा घन्टा गनी गनी बस्दा
उसको अत्यारलार्इ घटाउन जाहाज चढ्दा फोनमा केही भनेनौ र ?

गाउँलेले भार्इ छोरो डाक्टर भइ आउदै छ भनी पर्खाईमै थिए
अनि तो गाउँको त तिमी एक मात्र डाक्टर हुँदै छौ रे भन्ने
खबर पनि नसुनेका त हैन रैछौ त ती दाइ आफ्नतलाई सम्झि राखेनौ र ?

सुन्दै छु आज तिम्रो गालाको कोठी जलेर चिनिएका छैनौ रे
आमा अचेतमा बर्बराउदै बाबू आउन छिटो भन्दै छन रे
दिदी बहिनीको एकमात्र माईति भाइ तिमी पापि काललाइ छेकेनौ र ?

(जहाज दुर्घटनामा परि ज्यान गुमाएका सञ्जय पौडेलको सम्झनामा सरु दाहाल अधिकारीले लेखेको कविता)

कमेन्टहरु
Loading...