सनफ्लावर वोडि· स्कुलमा मावि स्तरिय कविता प्रतियोगिता

पोखरा, २८ माघ। पोखरा–२ अर्चलबोटमा रहेको सनफ्लावर वोडि· स्कूलले रजत जयन्तिको अवसरमा मंगलबार अन्तर मावि स्तरिय कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा १० विद्यालयका १६ जना विद्यार्थी सहभागि भएका थिए । प्रतियोगितामा डिज्निल्याण्ड एकेडमीकी सिम्रन पराजुली प्रथम, स्पाईरल ग्यालेक्सीका धु्रव ढुंगाना द्धितीय, नवदिप वोर्डिङ स्कुलकी रञ्जना सुनार तृतीय र वाल मन्दीर उच्च माविकी सविता भट्टराई सान्त्वना भएका थिए ।कार्यक्रममा विजयी विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि गजल सन्ध्या पोखराका संस्थापक अध्यक्ष तथा साहित्यकार दिलिप दोषी, जनप्रिय वहुमुखी क्याम्पसका उप प्रध्यापक तथा पोखरेली युवा साँस्कृतिक परिवारका उपाध्यक्ष सुरेश रानाभाट विद्यालयका निर्देशक दिपक शाहा र प्रिन्सिपल ए.एम.गुरुङले पुरस्कार वितरण गरेका थिए । त्यसैगरि मंगलबार भएको अन्तर निमावि स्तरिय अग्रेजी निवन्ध प्रयितागिता विजयी हुने विद्यार्थीहरुलाई समेत पुरस्कार वितरण गरिएको थियो ।

उक्त प्रतियोगितामा मदरल्याण्ड उच्च माविका अनुप गिरि प्रथम, स्पाइरल ग्यालेक्सी उच्च माविका अनुपराज पौडेल द्धितीय, नविदिप वोर्डिङ स्कुलकी इशा आचार्य तृतीय र डिज्निील्याण्ड एकेडमीकी सृष्टी पराजुली तृतीय भएका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गजल सन्ध्या पोखराका संस्थापक अध्यक्ष तथा साहित्यकार दोषीले पोखराका साहित्यको राजधानि भएको बताउदै यस कार्यक्रममले थप इट्टा थप्ने काम गरेको बताए ।

उनले यस्ता खालका कार्यक्रमले साहित्य फाटमा आउन खोज्ने विद्यार्थीहरुलाई थप प्रेरित गर्ने बताए । जनप्रिय वहुमुखी क्याम्पसका उप प्रध्यापक तथा पोखरेली युवा साँस्कृति परिवारका उपाध्यक्ष सुरेश रानाभाटले विद्यालयलाई मजवुद वनाउका लागि शिक्षक विद्यार्थी र अभिभावक विच त्रिकोणात्मक सम्वन्ध हुनु पर्ने बताए । सनफ्लावर वोडि· स्कूलका प्रिन्सिपल ए.एम.गुरुङको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा शिक्षक निर्मलप्रसाद अधिकारीले स्वागत र शिक्षक गिता पहारीले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले विविध साँस्कृति कार्यक्रम प्रस्तुत गरेका थिए । विद्यालयले फागुन ३ गते विविध कार्यक्रमको आयोजना गरि रजत जयन्ती समारोहको समापन कार्यक्रम गर्दै छ । उक्त कार्यक्रमा विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको विद्यालयले जनाएको छ ।

कमेन्टहरु
Loading...