पत्रकार महिलाको अवस्था उकास्न मन्त्रीको आग्रह

पोखरा , २९ पुस / गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रि नरदेबी पुनले पत्रकार महिलाको क्षमता र दक्षता अभिबृद्धि मुलुको समृद्धीका लागि अपहिार्य भएको बताउनुभएको छ । राज्यको चौंथो अंग पत्रकारीतामा महिला को अर्थपूर्ण सहभागिताले नै समग्र समावेशिकरणको मुद्दा अर्थपूर्ण हुने उहाँले बताउनु भएको हो ।

संचारिका समूह गण्डकी प्रदेशको आयोजनामा सोमबार देखि पोखरामा शुरु भएको पत्रकार महिलाहरुका लागि महिला बालबालिका तथा जेष्ठ नागरिक सम्बन्धी वस्तुगत रिपोर्टीगं तालिमको उद्घाटन गर्दै मन्त्रि पुनले यस्तो बताउनु भएको हो । उहाँले, राजनतिक संरचनाहरु महिला मैत्री बन्दै गएको भएपनि सामाजिक दृष्टिकोण हरु महिला प्रति अझै उदार बनि नसक्नु पत्रकार महिलाका लागि ठूलो चुनौती रहेको बताउनु भयो ।

पत्रकारीतामा महिलाहरु व्यवसायिक रुपमा टिकिराख्नका लागि पत्रकारीता संस्थागत रुपमै हौसला र प्रोत्साह आवश्यक छ भन्दै आमसंचार तथा पत्रकारितामा महिलामैत्री निति नियम बनाउन आग्रह गर्नु भयो । यसका लागि महिलाहरु आफ्नो व्यक्तिगत रुपमा पनि आफ्नो क्षमता बढाउन तिर लाग्नु पर्छ उहाँले भन्नु भयो –विषयवस्तुलाइ मसिनो गरि विश्लेषण गर्दै वस्तुगत समाचार लेख्नु परिपारिटले नै पत्रकार र पत्रकारीता दुबैको दक्षाता बढाउँछ । राज्यको चौंथो अंगमा महिलालाइ सहज बवतावरण बनाउन गम्भिर र जीम्मेवार हुन पनि उहाँले आग्रह गर्नु भयो ।

तालिममा गण्डकी प्रदेशका ११ वटै जिल्लाका ३० जना पत्रकार महिलाको सहभागिता रहेको छ । पत्रकारीता र तथा बिभिन्न सामाजिक विषयहरुमा केन्द्रित रहेर कक्षा हरु संचालन गरिएको थियो । तालिममा संचारिका समूह नेपालका केन्द्रिय निवर्तमान अध्यक्ष निर्मला शर्मा, बरिष्ठ पत्रकार पुष्य पौडेल, नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष त्रिभुवन पौडेल, संचारिका समूह गण्डकीका निवर्तमान अध्यक्ष जमुना वर्षा शर्मा, क्रियाशिल पत्रकार महिला समूह कास्कीकी अध्यक्ष सरिता तिमिल्सना ले सहजीकरण तथा संचारिका समुह लमजुगं अध्यक्ष शान्ता कमलीले रिपोर्टीग अनुभव प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा बोल्दै संचारिका समूह नेपालका केन्द्रिय निवर्तमान अध्यक्ष निर्मला शर्र्माले पत्रकारीता मा दक्ष बन्नका लागि इच्छासक्ति सबैभन्दा महत्वपूर्ण हुने बताउनु भयो । रिपोर्टीगका इश्यु हरु धेरैनै भएपनि कसरी सार्वजनिक गर्ने भन्ने ज्ञान तथा कला नहुँदा ओझेल परेका विषयहरु मिडियामा अपेक्षाकृत आउन नसकेको बताउनु भयो । नेपाल पत्रकार महासंघ का केन्द्रिय सदस्य रामकृष्ण ज्ञवालीले समग्र महिलाको अधिकार स्थापित गर्न उनिहरुलाइ विकासको मुलधारमा ल्याउन पत्रकारको भूमिका महत्वपूर्ण हुने बताउनु भयो ।

संचारिका समूह गण्डकी प्रदेशका अध्यक्ष स्मीता अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, गैसस महासंघ गण्डकीका अध्यक्ष बिना सिलवाल , क्रियाशिल पत्रकार महिला समूह कास्की की अध्यक्ष सरिता तिमिल्सीना लगायतले महिला, बालबालिका र जेष्ठनागरिकका विषयमा संचारमा आउनु पर्ने विषयका बारेमा बोल्दै शुभकामना मन्तव्य राखेका थिए । संचारिका समूह गण्डकीकी उपाध्यक्ष राधीका कँडेलले धन्यवाद ज्ञापन तथा महासचिव कविता श्रेष्ठ ले कार्यक्रमको संचालन गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...