सामुदायिक सेवा केन्द्र बैदामलाई कम्प्युटर, अलपत्र विरामीको उपचार

पोखरा, ७ भदौ/ युवा ब्यवसायी महेन्द्र गुरुङले सामुदायिक सेवा केन्द्र बैदामलाई कम्प्युटर हस्तान्तरण गरेका छन् भने पश्चिमाञ्चल अस्पतालमा अलपत्र परेकी एक विरामीको उपचार गरेका छन् । आइतबार एक कार्यक्रमका वीच वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरिक्षक मोहनमणी अधिकारी र सामुदायिक प्रहरी सेवा केन्द्र बैदामका अध्यक्ष भीम पराजुलीलाई संयुक्त रुपमा हस्तान्रतण गरे ।

birmiकम्प्युटर हस्तान्तरण गरेपछि बोल्दै गुुरुङले आफनो विगतलाई विसदै सामाजिक क्षेत्रमा क्रियासिल हुदै अगाडी बढेको बताए । ‘पहिला मैले रक्सी चुरोट खान्थे । तिन वर्षदेखि खान छाडे । यस्तो कुलतले आफनो स्वास्थ्यमात्रै हैन, समाजनै विगारदो रहेछ ।’ रक्सी, चुरोटमा खर्च हुने पैशाले कोही खुशी बन्न सक्छ भन्ने उद्देश्यले सामाजिक क्षेत्रमा उक्त रकम खर्च गर्ने गरेको छु उनले भने ।

त्यस्तै केन्द्रका कामलाई ब्यवस्थित रुपमा र डकुमेन्टेसन सहजहोस भन्ने उद्देश्यले परिवर्तन समाज नेपालका अध्यक्ष शान्ति गुरुङ ल्यापटप हस्तान्तरण गरिन् । उनले संस्थाका गतिविधिलाई ब्यवस्थित र सुरक्षित गर्न आफुले ल्यापटप हस्तान्तरण गरेको बताइन् । महेन्द्रले पश्चिमाञ्चल अस्पतालमा एक विरामी अलपत्र परेकी एक विरामीको उपचार गराएका हुन् ।

हस्तान्त्ररण कार्यक्रममा वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरिक्षक मोहनमणी अधिकारीले प्रहरी र जनता विच सहकार्य आवश्यक रहेको बताउ । उनले लेकसाईड पर्यटकीय क्षेत्र भएकाले सुरक्षित बनाउनुपर्ने र त्यसका लागी प्रहरी र जनता वीच समन्वयको खाँचो रहेको बताए । सामुदायिक जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष विष्णुबहादुर भटराईले समाजमा रहेका विकृतिविसंगती नियन्णकालागी क्रियासिल रहेपनि कुनै आर्थिक स्रोत नभएको बताउदै यस्तै सहयोगदाताहरुको सहयोगबाट संचालन हुने गरेको बताए ।

उनले केन्द्रले राम्रो काम गरेपछि मा सहयोग आउने हुदाँ सवैसंग अमन्वय गरेर अगाडी बढन आग्रह गरे । सामुदायिक सेवा केन्द्र बैदामका उपाध्यक्ष मिना भटराईले नेपाली महिलाहरुको चार्ड हरितालिका तिजको अवसरमा १ दिने तिज महोत्सव गर्न लागेको जानकारी दिइन् । उनले महोत्सवलाई आर्थिक, नैतिक र भौतिक सहयोग गर्न सवैसंग आग्रह गरिन । उनले एक दिने तिज मेलाबाट बचत रकमले फेवातालको संरक्षणमा खर्च गरिने बताइन ।

फेवातालको सुन्दरतालाई कुरुप बनाउने जलकुम्भी झार फाल्न बचत रकम खर्च गरिने छ उनले भनिन । सोही कार्यक्रममा सामुदायिक जिल्ला समन्वय समितिका अध्यक्ष विष्णुबहादुर भटराईले तीज महोत्सवका लागी ५१ सय रुपैयाँ दिने घोषणा गरे । नवनिर्वाचित अध्यक्ष भिम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव चेतनारायण पाण्डेले गरेका थिए ।

कमेन्टहरु
Loading...