लामालाई हेर्ने दृष्टीकोणमा परिवर्तन आउन जरुरी छ : सांसद विष्ट

त्रि–भाषा वक्तृत्व कला र हाजिरी जवाफ प्रतियोगितामा काग छ्योदेन स्कुल सर्वाेत्कृष्ट

पोखरा २३ फागुन /गण्डकी प्रदेश सभाका सदस्य इन्द्रधारा विष्टले नेपाल सरकारले गुम्बा र गुम्बामा वस्ने लामालाई हेर्ने दृष्टीकोणमा परिवर्तन आउन जरुरी रहेको वताएका छन । अझैपनि रातो बस्त्रधारी बौद्ध गुम्बाका लामाहरुलाई सरकारले भोट क्षेत्रको लामाको रुपमा हेर्ने गरेको विष्टको भनाइ रहेको छ । मुस्ताङ शाक्य वौद्ध संघको आयोजनामा मुस्ताङको विद्यालय स्तरिय त्रि भाषा वक्तृत्वकला प्रतियोगितामा वोल्दै सांसद विष्टले अझैपनि रातो लुगा लगाएर हिड्ने लामाहरुलाई भोट क्षेत्रको लामाको रुपमा हेर्ने दृष्टीकोणमा परिवर्तन नआएको र आफुले प्रदेश सभा सदस्यको जिम्मेवारी पाएसंगै प्रदेश सरकारलाई यसबारेमा ध्यानाकर्षण गराएको समेत वताए ।

अझै पनि भोट क्षेत्रको गुम्बाकै रुपमा नेपाली समुदायहरुले सञ्चालन गर्ने गुम्बालाई हेर्ने गरिरहदा आफु प्रदेश सभा सदस्य भएर आएपछि आफ्नो मातहतबाट मुस्ताङका गुम्बाहरुमा बजेट उपलब्ध गराएको वताउदै विष्टले अहिले उपल्लो मुस्ताङका पुराना गुम्बाहरुको जिर्णोद्धार गर्ने, नया गुम्बाहरु निर्माण गर्ने र छोर्तेनहरु निर्माण तथा संरक्षणमा आफुले पहल गरिरहेको वताए ।

त्यसैगरी पछिल्लो समय गण्डकी प्रदेश सरकारले गण्डकी विश्वविद्यालयको स्थापना गर्न लागिरहदा मुस्ताङ, मनाङ र उत्तरी गोर्खाको चुनमुब्री भ्यालीमा सञ्चालित गुम्बा स्कुलबाट उतीर्ण भइ उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुलाई समेत विश्वविद्यालयमा अध्ययन गर्ने वातावरण वनाउन आफ्नो तर्फबाट लागिपरेको र गण्डकी प्रदेशका मुख्यमन्त्री पनि यस वारेमा सकारात्मक रहेको विष्टले वताए ।

सांसद विष्टले मुस्ताङ शाक्य वौद्ध संघले बुद्ध धर्मको संरक्षण र प्रवद्र्धन संगै हराइसकेको पुरानो सांस्कृतीक महत्व बोकेको पुजाहरुलाई पुनर्जागरण गरी हिमाली भेगको रहन सहन र संस्कृतीको उजागर गर्न सहयोग पुर्याइरहेको र पछिल्लो चार वर्षदेखी वौद्ध स्कुल र अन्य विद्यालयमा अध्ययन गर्ने विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरी त्रि–भाषा वक्तृत्वकलाको आयोजना गरी विद्यार्थीहरुलाई एक सक्षम ब्यक्ति वनाउन तर्फ अगाडी वढाएकोमा धन्यवाद ब्यक्त गरे ।

मुस्ताङ शाक्य बौद्ध संघद्धारा आयोजित विद्यालय स्तरिय त्रि–भाषा वक्तृत्वकला प्रतियोगिता तथा भोट भाषाको हाजिरी जवाफ प्रतियोगितामा मुस्ताङको सातव वटा विद्यालयलाई पछाडि पार्दै कागवेनीमा रहेको काग छ्योदे थुप्तेन साम्फेललिङ मोनाष्टिक स्कुलले सर्वोत्कृष्ट स्थान हासिल गरेको छ ।

त्रि–भाषा वक्तृत्वकला प्रतियोगिता तर्फ अंग्रेजी र नेपाली भाषामा दोश्रो स्थान र भोट भाषाको हाजिरीजवाफ प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै काग छ्योदेनले सर्वोत्कृष्ट स्थान हासिल गरेको हो । त्यसैगरी चराङ दोर्जे मोनाष्टिक स्कुलले भोट भाषाको वक्तृत्वकलामा दोश्रो स्थान र नेपाली भाषाको वक्तृत्वकलामा प्रथम स्थान हासिल गर्दैै दोश्रो स्थान हासिल गर्न सफल भयो भने अंगेजी भाषा र भोट भाषाको वक्तृत्वकलामा तेश्रो स्थान हासिल गर्दै पाल इ वाम नामग्याल स्कुलले तेश्रो स्थान हासिल गर्न सफल भयो ।

त्रि–भाषा वक्तृत्वकला प्रतियोगिता अन्तर्गत अंग्रजी भाषा तर्फको वक्तृत्वकलामा चराङ लेक्षे छ्योएलिङ न्युनरी स्कुलका ङवाङ ल्हाजेले प्रथम स्थान हासिल गरेभने काग छ्योदे थुप्तेन साम्फे लिङ मोनास्टिक स्कुलका सोनाम छिरिङ र पाल इ वाम नामग्याल मोनास्टिक स्कुलका ङवाङ छ्योदोनले क्रमश द्धितिय र तृतीय स्थान हासिल गरे ।

त्यसैगरी नेपाली भाषाको वक्तृत्व कलामा चराङ मोनाष्टिक स्कुलका सोनाम छोपेल प्रथम, काग छ्योदे मोनाष्टिक स्कुलका टेन्पे ग्यात्सेन द्धितिय र श्री महाकरुणा शाक्यापा विद्यालयका खेन्राब साङवो तृतीय भ एभने भोट भाषा तर्फको वक्तृत्वकलामा श्री महाकरुणा शाक्यापा विद्यालयका तेन्जीङ ल्योदोइ प्रथम, चराङ दोर्जेधन मोनास्टिक स्कुलका नवाङ तेन्जिङ र पाल इ वाम नाम्गोन स्कुलका याग्चेन डोल्कर तृतीय भए ।

भोट भाषाको हाजिरी जवाफ प्रतिया्ेगितामा काग छ्योदे थुप्तेन साम्फेल लिङ स्कुल प्रथम, हिमालयन बुद्धिष्ट एकेडेमी द्धितिय र लो निफुङ नाम्द्रोल नोरवुलिङ स्कुल तृतिय स्थान हासिल गर्न सफल भए । प्रतियोगिताका विजेताहरुलाई गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्ट र राजीव पहारी, रिम्पोछे गुरु, मुस्ताङ शाक्य बौद्ध संघका पदाधिकारी, खेन्पो लामा गुरु लगायतले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका थिए ।

कमेन्टहरु
Loading...