संविधान दिवसको असवरमा रक्तदान

पोखरा, ४ असोज / संविधान दिवसको अवसरमा प्रगतिशील युवा समुहले कास्की क्षेत्र ३ ले रक्तदान कार्यक्रम गरेको छ । रक्तदान कार्यक्रममा ५३ युनिट रगत संकलन गरेको थियो ।

कार्यक्रममा गण्डकी प्रदेशका सांसद राजिब पहारीले युवाहरु देशका करणधार भएको भन्दै संविधानमा युवाका समस्यालाई समेटेको बताए ।

कार्यक्रममा कार्यक्रमका सहयोजक साजन सुवेदी, पोखरा महानगर पालिका प्रबक्ता बडा नम्बर ५ का अध्यक्ष धन बहादुर नेपाली, वडा नम्बर २४ का अध्यक्ष ओम सुवेदी वडा नम्बर १८ का अध्यक्ष रण बहादुर थापा लगाएतले शुभकामना दिएका थिए ।

कास्की क्षेत्र ३ प्रत्येक वडाका युवाहरु थिए भने संविधान बनाउने बेलामा पनि युवाहरुको बेला महत्वपूर्ण योगदान रहेको भन्दै अब देश निर्माण गर्न, विकास गर्नका लागि पनि युवाहरुको महत्वपूर्ण भुमिका हुनेमा उनीहरुको जोड् थियो ।

कमेन्टहरु
Loading...