प्रदेश सांसद पहारीद्वारा जेष्ठ नागरिक केन्द्र्रलाई टेलिभिजन र युरोगार्ड प्रदान

पोखरा, ११ पुस/ गण्डकी प्रदेश सांसद राजिव पहारीले पोखरा महानगरपालिका वडा नम्बर ५ मालेपाटनमा रहेको जेष्ठ नागरिक दिवा सेवा केन्द्रलाई टेलिभिजन र युरोगार्ड प्रदान गरेका छन् ।

गत असारमा सञ्चालनमा आएको जेष्ठ नागरिक दिवा सेवा केन्द्रको उद्घाटनका बेला दिएको वचन अनुसार सांसद पहारीले केन्द्रलाई १ थान २४ ईञ्चको टेलिभिजन र १ थान युरोगार्ड प्रदान गरेका हुन् ।

श्रीमती सृजना पण्डितको साथमा पुगेका सांसद पहारीले २४ हजार पर्ने युरोगार्ड र २२ हजार पर्ने टेलिभिजन जेष्ठ नागरिक दिवा सेवा केन्द्रका अध्यक्ष विश्वनाथ पराजुली र केन्द्रका कार्यक्रम संयोजक गजेन्द्रबहादुर खत्रीलाई हस्तान्तरण गरेका थिए ।

सहयोग सामग्री हस्तान्तरण गर्दै प्रदेश सांसद पहारीले जेष्ठ नागरिक मिलन केन्द्रले बृद्ध बुबाआमाको मुहारमा खुशीयाली छर्ने काम गरेको बताए । उनले भने,‘जेष्ठ नागरिक मिलन केन्द्रले बृद्ध बुबाआमाहरुमा उत्साह र जाँगर छरेको छ, मुहारमा उज्यालो छाएको छ, त्यसैले यसलाई प्रत्येक वडा र गाउँगाउँसम्म पु¥याउनुपर्छ ।’

उनले जेष्ठ नागरिक मिलन केन्द्रलाई राज्यले नै ब्यबस्थित रुपमा सहयोग र सञ्चालन गर्न आवश्यक रहेकोसमेत बताए । सांसद पहारीले मातापीता भगवान भएको बताउँदै मातापीताको सम्मान र सेवा गर्न नसक्ने सन्तती बाँच्नुको अर्थ नहुने बताए ।

फरक प्रसङ्गमा सांसद पहारीले फेवाताल संरक्षणमा ‘कि मछु्र्र कि गर्छु’ भनेर लागेको बताउँदै अब केहि समयभित्र यसले साकार रुप लिने बताए । साथै उनले रत्न मन्दिर र हिमागृह अब गोकर्ण रिसोर्ट बेचेर खाएजस्तो खान नसक्ने ठोकुवा गरे । जनवरी १ देखि रत्न मन्दिर र माघ १ गतेदेखि हिमागृह सर्वसाधारणका लागि खुल्ला हुने वातावरण आफूलगायतले गर्न सफल भएकाले अब बेचेर खाने अवस्थाको अन्त्य भएको उनको भनाई थियो ।

कमेन्टहरु
Loading...