सहारा क्लब पोखराको अध्यक्षमा पुनः थापा

पोखरा, ३१ भदौं/ सहारा क्लब पोखराको सोमबार साँझ सम्पन्न भएको २१ औं साधारण सभा तथा ११ औं अधिवेशनले पुनः केशबबहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

पुनः थापा अध्यक्षमा आगामी दुई बर्षीय कार्यकालको लागि १३ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो ।

क्लबको वरिष्ठ उपाध्यक्षमा पुनः हरिराम गुरुङ, उपाध्यक्षमा विश्वराज बराल, महासचिवमा रामजीप्रसाद अधिकारी, सचिवमा सुनिल राना मगर, कोषाध्यक्षमा पुनः राजु लालचन, सहकोषाध्यक्षमा विनु राना मगर चयन भएका हुन् ।

यस अघि बराल उपाध्यक्षमा रहेका थिए भने अधिकारी सचिबमा रहेका थिए । यस अघि विनु सदस्यमा थिइन ।

त्यसै गरी सदस्यहरुमा पनुः रोजिना गुरुङ, पुनः तिलकबहादुर अधिकारी, पुनःज्योति केसी, पुनः सन्दीप सुवेदी, पुनः गंगाराज पौडेल र बिष्णु कार्की सर्वसम्वत रुपमा चयन भएका हुन । सुनिल राना मगर र बिष्णु कार्की उक्त कार्यसमितिमा नयाँ अनुहार हुन्।

कमेन्टहरु
Loading...