रुपाको गाऊँफर्क माबिमा शौक्षिक सामाग्री बितरण​

पोखरा,१७ माघ/रुपा गाऊँपालिकाको गाऊँफर्क माबिका बिद्यार्थीहरुलाई बिद्यालय पोसाक एवं शौक्षिक सामाग्री बितरण​ गरिएको छ । समृद्ध रुपा क्लब र लायन्स क्लब अफ सृजना चौतारीले शुक्रबार संयुक्त रुपमा एक कार्यक्रमको आयोजना गरि रुपा गाऊँपालिका वडा नम्वर ४ खाल्टे मुलपानीमा रहेको गाऊँफर्क माबिका ७० जना बिद्यार्थीहरुका लागि  बिद्यालय पोसाक र शौक्षिक सामाग्री हस्तान्तरण गरेको हो ।

प्रमुख अतिथी नेपाल कम्युनिष्ट पाटी नेकपा कास्कीका युवा नेता दिलिप न्यौपाने, समृद्ध रुपा कल्बका अध्यक्ष राजन सुवेदी र लायन्स क्लव अफ पोखरा सृजना चौतारीका अध्यक्ष जीवन गोर्खालीले बिद्यार्थीहरुलाई शौक्षिक सामाग्री हस्तान्तरण गरेका थिए । कार्यक्रमको शुभारम्भ गर्दै युवा नेता न्यौपानेले समृद्ध रुपा क्लबले सामाजिक क्षेत्रमा बढाएका कदम उदारणीय रहेको भन्दै अन्य क्लबले पनि यस बाट पाठ सिक्न सक्नु पर्ने बताए । पछिल्लो समय समृद्ध रुपा क्लब बिपन्न बालबालिकाको अध्ययनमा सहयोग पुर्याउन रुपा गाऊँपालिकाका बिद्यालयहरुमा अभियानका रुपमा नै अगाडी बढेको भन्दै क्लवको प्रसशां समेत गरे ।

समृद्ध रुपा कल्बका अध्यक्ष राजन सुवेदीले आफ्नो क्लव रुपा गाऊँपालिकाको कुना कुनामा पुग्ने र जनताका हरेक समस्या समाधानका लागि लागिरहने बताए । सुवेदीले रुपा गाऊँपालिमा पैसा नभएका कारण कोहिँ कसैले पढ्न नपाउने कुराको अन्त्य गरिने बताउदै शौक्षिक गुणस्तरका लागि समेत आफ्नो क्लव लागि पर्ने बताए ।लायन्स क्लव अफ पोखरा सृजना चौतारीका अध्यक्ष जीवन गोर्खालीले समृद्ध रुपा क्लवसंग सहकार्य गरेर कार्यक्रम गर्न पाउँदा आफुलाई खुसी लागेको भन्दै आगमी दिनमा पनि समृद्ध रुपासंग सहकार्य गरेर सामाजिक सेवा गर्न आफ्नो क्लव तयार रहेको बताए ।

लायन्स क्लव अफ पोखरा सृजना चौतारीका अध्यक्ष जीवन गोर्खालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपाका वडा अध्यक्ष डिल्लीराम खनाल​, नेपाली काङ्ग्रेसका वडा अध्यक्ष राजन सेन ठकुरी, लायन्स क्लवका चण्डी प्रसाद अर्याल, बसन्त गिरी लगायतले बोलेका थिए । समृद्ध रुपा कलबका उपाध्यक्ष सरिता कुमालले स्वागत गरेको कार्यक्रमको संचालन सचिब निलकण्ठ रेग्मीले गरेका थिए ।

कार्यक्रममा लायन्स क्लव अफ पोखरा सृजना चौतारी , समृद्ध रुपा क्लव , सरिता कुमाल , निलकण्ठ रेग्मी , बिकल सुवेदी , सुभास सुनारी, ईर्शाद मिया लगायतलाई बिद्यालय सम्मान गरेको थियो । सो अबसरमा समृद्ध रुपा क्लब र लायन्स क्लब अफ सृजना चौतारीले मितेरी सम्बन्ध कायम गर्दै आगामी दिनमा सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्दता गरेका छन्।

समृद्ध रुपा क्लब र लायन्स क्लब अफ सृजना चौतारीले मितेरी सम्बन्ध कायम
कमेन्टहरु
Loading...