रोटरी क्लब अफ पोखरा मिड टाउनको १८ औं पदस्थापना

पोखरा, २० असार/ रोटरी क्बल अफ पोखरा मिड टाउनको १८ औं पदस्थापन कार्यक्रम बुधबार सम्पन्न भयो । बर्ष २०१८/१९का अध्यक्ष सन्तोष पोखरेलले एक कार्यक्रमको बीच आफ्नो पद बर्ष ०१९/२०का अध्यक्ष विनोद हेजुलाई पद हस्तान्तरण गरी पदस्थापन गराएका थिए ।

कार्यक्रममा असिस्टेन्ट डिष्ट्रिक्ट गभर्नर मिनु कुँवरले अध्यक्ष विदोन हेजुलाई पद तथा गोपनियताको सपथ गराएकी थिइन् भने अध्यक्ष हेजुले पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ गराएका थिए ।

अध्यक्ष विनोद हेजुको नेतृत्वमा बनेको रोटरी क्लब अफ पोखरा मिड टाउनको आइ पी पी मा सन्तोष पोखरेल रहेका छन् भने प्रेसिडेन्ट इलेक्टमा जयमोहन भट्टराई, भाइस प्रेसिडेन्टमा दीलिप शर्मा र रवीन्द्रनाथ बाँस्तोला, सचिवमा सोनी ढेवाजू, कोषाध्यक्षमा शान्ति श्रीस, सहसचिवमा बिष्णु गुरुङ्ग रहेका छन् ।

त्यसैगरी निर्देशकहरुमा संगीता तिमिल्सिना, महेन्द्र गोदार, सूर्यनारायण बराल, शान्तराज बतास, केशव आचार्य रहेका छन् । त्यस्तै क्लबको सर्जेन्ट एट आर्ममा धु्रब कुँवर, क्लब डाइरेक्टरमा सुन्दर गुरुङ्ग, क्लब ट्रेनरमा रामचन्द्र पौडेल र क्लब मनिटरमा रत्नमान गुरुङ्ग रहेका छन् ।

बुधबार आयोजित पदस्थापन कार्यक्रममा प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर राजीव पोखरेलले क्लबको स्मारिका विमोचन गर्दै रोटरी क्लब अफ पोखरा मिड टाउन उत्कृष्ट क्लब रहेको बताए ।

कार्यक्रममा डिष्ट्रिट नोमिनी सन्तोष रिजाल, एसिस्टेन्ट गभर्नर मिनु कुँवरले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने हरिश्वर पोखरेललाई यस बर्षको भोकेसनल अवार्ड प्रदान गरिएको थियो ।

उत्कृष्ठ शिक्षा हाँसिल गर्ने सदस्यका छोराछोरी र नयाँ प्रवेशी रोटरीयनहरुलाई कार्यक्रममा सम्मान गरिएको थियो । कार्यक्रममा रोटरियन दीलिप शर्मा, जयमोहन भट्टराई, व्यवसायी हरिश्वर पोखरेल, निवर्तमान अध्यक्ष सन्तोष पोखरेल र महेन्द्र गोदार, हेमराज बराल, रत्नमान गुरुङ्गले मन्तव्य व्यक्त गरेका थिए ।

सन्तोष पोखरेल र विनोद हेजूको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत पूरण कुँवरले गरेका थिए भने सञ्चालन उपेन्द्र पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा यस बर्षको उत्कृष्ठ रोटरियन अध्यक्षको रुपमा सन्तोष पोखरेलले डिष्ट्रिक्टबाट सम्मान पाएको उपलक्ष्यमा क्लबको तर्फबाट अध्यक्ष विनोद हेजूले पोखरेललाई सम्मान गरेका थिए भने आउट स्ट्याण्डिङ्ग रोटरियनको पदक ई. महेन्द्र गोदार र सर्वाधिक उपस्थित रोटरियनको पदक सोनी ढेवाजूलाई प्रदान गरिएको छ ।

कमेन्टहरु
Loading...