पोखराको रोपाई महोत्सवमा रमाए पर्यटक

74

सागर राज तिमिल्सिना
पोखरा, १५ असार /गलामा माला, रातो टिका अनि पञ्चे बाजाको धन्की रहेका थिए । विभिन्न असारे भाकामा नाच्नेहरुको पनि कमि थिएन । पर्यटकलाई हिलोमा रमाई रहेका थिए । पोखरा महानगर पालिका २४ पामे फाँटमा । विगत वर्षमा जस्तै यस पटक पनि पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरामा रोपाई महोत्सव भयो । हरेक वर्ष फरक–फरक ठाउँमा गरिदै आएको छ ।

खेतको आलीमा बसेका बाउसे र रोपाहारको गीतमा मग्न हुदैँ पर्यटक हिलोमा छ्यापाछ्प गरेका थिए । विदेशी पर्यटक हिलोले चिन्नै नसक्ने भए । विगतका महोत्सवमा भन्दा यस विदेशी पर्यटकको संख्या धेरै थियो । असारे रोपाई महोत्सवको हिलो खल्ने विभिन्न देशका पर्यटकलाई तछाड्मछाड् थियो । “पोखरा सबै मौसमका लागी” भन्ने नारा सहित १५ असारे महोत्सव स्वदेशीदेखि विदेशीहरुका लागि आयोजना गरिएको गाउँ पर्यटन मञ्चका अध्यक्ष रविन्द्र राज पौडेलले बताए ।

मानो रोपेर मुरी उब्जाउने दिन सबै किसानहरु खेतमा धान रोप्न व्यस्त । अझ त्यसमा पनि धान दिवस । तर पोखरेली पर्यटकर्मी भने कृषि पर्यटनसँगै आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनमा व्यस्त बने । पर्यटक हिले दौड, रोपाई प्रतियोगिता, रसितान्ने प्रयोगिता, हिलोमा माछा समाउने प्रतियोगितामा भाग लिदै रोपाइ महोत्सव हेर्न गएकाहरु पनि रमाए । विदेशी पर्यटकहरुले नेपालको नाम सुने पनि असारे रोपाईको ’boutमा जानकारी नभएको तर प्रत्यक्ष हेर्न पाउदाँ भने खुशी लागेको बताए ।

खेतको आलीमा बसेरकाहरुलाई हिलो छ्याप्दा छेउमा वस्नेहरु भागदौड गर्दा बातावरण निकै रमाइलो बनेको थियो । सहरी क्षेत्रमा रहेका खेती योग्य जग्गा प्लटिङ गरेर घडेरीमा परिणत भएपछि असारको महत्व हराउने होकी भन्ने चिन्ता कार्यक्रममा सबैले व्यक्त गरे । असार १५ मा रोपेको धानको महत्व अन्य भन्दा भिन्न भएको धार्मिक मान्यता छ । असार १५ मा नै रोपेका धानलाई पुजामा प्रयोग हुने आर्चाय गंगाधर उपाध्यले बताए ।

कास्कीमा जेठो बुढो, मनसुली, गुर्दी, बतीसरा, तौली लगायतका पुराना जातका धानका साथै, राधा ७, राधा नौ, सावित्री लगायतका विकासे धानहरु लगाइन्छ । नेपालभर धानका करिब एक हजार जातका धान लगाउने गरिन्छ । हालसम्म नेपालमा ३८ प्रकारका वैज्ञानिक धान लगाउने गरेकोमा कास्कीमा १० प्रकारका वैज्ञानिक धान लगाउने गरिएको जिल्ला कृषि कार्यालयले जानकारी दिएको छ । कास्कीमा २६ हजार सात सय हेक्टर जमिनमा धान खेती हुने गरेकोमा बर्सेनि ८० हजार मेट्रिक टन भन्दा बढी धान उत्पादन हुने गरेको छ । कास्कीमा अहिले सम्म २० प्रतिशत रोपाई सकिसकेको छ ।

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...