१३ बर्षिय विद्यार्थी शंकरले बनाए फोहोर संकलन गर्ने रोबोट

पोखरा, २८ चैत /पोखराको रत्नज्योती माविमा अध्ययनरत १३ वर्षीय शंकर श्रेष्ठले फोहोर संकलन गर्ने यन्त्र (रोबोट) निमार्ण गरेका छन् । कक्षा ७ मा अध्ययनरत शंकर श्रेष्ठले फोहोर संकलन गर्ने यन्त्र (रोबोट) बनाएका हुन् । बुधबार उनले बनाएको रोबोट विद्यालयको प्राङ्गणमा सार्वजनीक गरेको छ । रोबटको पोखरा महानगर पालिकाका वडा नम्बर ७ का वडा अध्यक्ष रामचन्द« बरालले सञ्चालन गरि सुरु गरे ।

‘फोहोर संकलन गर्ने यन्त्र’ लाई उनले काठका टुक्रा तथा लिस्टी, आल्मुनियम तथा टिनका साना पाता कागज, डिसी मोटर, हाइड्रोलिक, साना रबरका पाङग्रा स्वीच, जुटको खाली बोरा, फेबिक्वीक गम, जस्ता सामान्य सामानहरुको प्रयोग गरेका छन् । प्राय बाटोमा फालिएका टुक्रा–टाक्री सामानलाई जोरजाम गरी यन्त्रमानव (रोबोट) निर्माण गरेका हुन् । उनको लगनशीलता मिहिनेतलाई देखेर हौसला स्वरुप विद्यालयले रोबोट निर्माणमा आवश्यक पर्ने सामान खरिद गर्न आर्थिक सहयोग गरेको विद्यालयका संस्थापक÷निर्देशक हेमन्त अधिकारीले दिए ।

उनको रोबोट ‘फोहोर संकलन गर्ने यन्त्र’ मा अगाडिको डोजरको भागले फोहोर उठाएर मोटरको सहायताले माथिपट्टि रहेको लिफ्टसम्म पु¥याउँछ । त्यसपछि रोलरलाई पछाडि तान्दा लिफ्ट घुम्छ र फोहोर एउटा बाकसमा जम्मा हुन्छ अनि च्याप्ने क्रेनद्धारा फोहोर संकलन केन्द«मा रहेका विभिन्न प्रकारका फोहोर संकलन गर्न राखिएका बाकसहरुमा जम्मा गरिन्छ ।

सड्ने तथा कुहिने वस्तु तथा मरेका जनावरका लागि छुट्टै बाकस, त्यसैगरी सिसा जन्य वस्तु एउटा बाकसमा, फलाम, काँटी, धातु जन्य वस्तु एउटा बाकसमा, प्लाष्टिक, तथा रबर जन्य वस्तु एउटा बाकसमा कागज र पात पतिङ्गर जन्य वस्तु एउटा बाकसमा जम्मा गरिन्छ । यसरी फोहोरलाई छुट्टा छुट्टै बाकसमा संकलन गर्नाले फोहोरको उचित ढंगबाट व्यवस्थापन गर्न सकिनुका साथै पुन प्रयोगमा ल्याउन सहज हुने रोबोट निर्माण कर्ता शंकर श्रेष्ठले बताए ।

१३ बर्षिय विद्यार्थी शंकरले बनाए फोहोर संकलन गर्ने रोबोट
१३ बर्षिय विद्यार्थी शंकरले बनाए फोहोर संकलन गर्ने रोबोट

रत्न ज्योति माविमा तल्लज बराल, तालाङ्क बराल, सनिस के.सी., शिशिर कँुवर जस्ता विद्यार्थीहरुले पटक–पटक विभिन्न प्रकारका रोबोटहरु प्रदर्शन गरका थिए । तालाङ्क बरालले नेपाल सरकार (पाठ्यक्रम विकास केन्द« सानो ठिमी) द्धारा आयोजित प्रतिभा पहिचान कार्याक्रममा जिल्ला, क्षेत्रीय, तथा राष्ट्रियस्तरमानै सर्वाेत्कृष्ट भएर पुरस्कृत भएका थिए । सायद यसकै परिणाम पनि हुन सक्छ । यस विद्यालयमा यस्ता बालबैज्ञानिकहरु वर्षेनी उत्पादन भइरहेका छन् । शंकर श्रेष्ठले यो ‘रोबोट’ बाहेक केबलकार, रिमोट गाडी, ‘डोजर’ आदि बनाइसकेका छन् । यसै वर्ष जिल्ला शिक्षा कार्यालय कास्कीद्धारा आयोजना गरिएको अन्तरविद्यालयस्तरीय प्रतिभा पहिचान कार्यक्रममा विज्ञान विधा तर्पm उनी प्रथम हुन सफल भएका थिए । उनलाई शिक्षा कार्यालय कास्कीबाट नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

कमेन्टहरु
Loading...