टंकादेवी पत्रकारिता पुरस्कार पत्रकार बराललाई

पोखरा, २४ वैशाख/टंकादेवी–तुलसीप्रसाद पत्रकारिता स्मृति पुरस्कार–२०७५ बाट पत्रकार ऋषि बराल सम्मानित भ​एका छन ।नेपाल पत्रकार महासंघ कास्कीले सञ्चालन गरेको तथा पोखरा–५ निवासी सुवर्णप्रसाद कोइराला परिवाजनद्वारा स्थापित सो पुरस्कार मंगलबार एक कार्यक्रमबीच पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले बराललाई अर्पण गरेका हुन ।

पुरस्कारको राशी नगद २५ हजार १ रुपैया सहित ताम्रपत्र रहेको छ । पत्रकार बराल दि हिमालयन टाईम्स तथा आदर्श समाज दैनिकमा आवद्ध छन । कार्यक्रममा महानगर प्रमुख जिसीले पोखराको पत्रकारिताबाट महानगर सन्तुष्ट रहेको भन्दै खोजमुलक समाचारलाई प्राथमिकता दिन आग्रह गरे ।

कार्यक्रममा अग्रज पत्रकार एवम राष्ट्रपतिका सञ्चार विज्ञ माधव शर्मा, महासंघ गण्डकीका अध्यक्ष त्रिभुवन पौडेल, पुरस्कृत व्यक्तित्व बराल, प्रतिभा छनौट समितिका संयोजक कुशुमकेशव पराजुली, पुरस्कारका संस्थापक कोइराला महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, उपाध्यक्ष विमला भण्डारी तथा सचिव रामप्रसाद तिमिल्सिना लगायतले बोलेका थिए ।

कमेन्टहरु
Loading...