रेन्बोको साधारणसभामा पत्रकार पाण्डे सम्मानित

पोखरा, ३ भदौ । रेन्बो चिल्ड्रेन होम नेपालको १०औं वार्षिक साधारणसभामा पत्रकार घनश्याम पाण्डे सम्मानित भएका छन् ।

पत्रकारिताको क्षेत्रवाट वालवालिका तथा उनीहरुको अधिकारको पक्षमा कलम चलाएकोमा पाण्डेलाई सम्मान गरिएको छ । पोखरा महानगर वडा नं ६

का अध्यक्ष जगत पहारी तथा रेन्वो चिल्डेन होमका निर्देशक गोमा ढकाल लगायतले पाण्डेलाई सम्मान गरेका हुन् । कार्यक्रममा संस्थाको विकासमा

योगदान दिने वद्री वाग्ले, विजयकुमार प्रधान, अग्नीप्रसाद कँडेल लगायत विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

देशका विभिन्न स्थानबाट अनाथ तथा असहाय बालबालिकालाई आश्रय दिँदै आइरहेको सामाजिक संस्था रेन्बोले अहिले ४२ जनालाई पोखरामा

आश्रय दिइरहेको छ । होम सपोर्ट कार्यक्रम अन्तर्गत आफ्नो र आफन्तको घरमा बसिरहेका ४६ जना बालबालिकालाई अध्ययनमा सहयोग गर्दै

आइरहेको अध्यक्ष गोमा ढकालले जानकारी दिइन् ।

आश्रित विद्यार्थीहरु नर्सरीदेखि स्नातकसम्म अध्ययन गरिरहेका छन् । रेन्बोमा आश्रय लिएर अध्ययन पुरा गरिसकेका केही युवाहरुले रेन्बो

ह्यान्ड्रीक्राफ्टमा काम गरिरहेको ढकालले जानकारी दिइन् । ‘केहीले विभिन्न स्थानमा रोजगारी पाइसकेका छन्,’ उनले भनिन् । वडा अध्यक्ष पहारीले

वालवालिका तथा महिलाको क्षेत्रमा कार्य गर्ने संघसंस्थाहरुलाई प्रोत्साहन गर्ने नीति वडाले लिएको वताए । कार्यक्रममा पोखरा उद्योग वाणिज्य

संघका कार्यसमिति सदस्य गीताकुमारी तिवारी गौतम,सम्मानित व्यक्तित्व घनश्याम पाण्डे लगायतले भनाई राखे ।

कमेन्टहरु
Loading...