रिजनल हस्पिटल शुभारम्भको अवसरमा निःशुल्क स्वास्थ्य शिविर

पोखरा ४ भदौ/पोखराको जिरो किलोमिटरमा सञ्चालनमा आएको रिजनल हस्पिटलले शुभारम्भको अवसरमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । हस्पिटलले शुक्रबार र शनिवार दुइदिन सम्म आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा २ सय ५० जनाले स्वास्थ्य लाभ लिएका छन । दुई दिन सम्म सञ्चालिन शिविरमा विशेषगरी स्त्री तथा प्रसुती र बालरोग सम्बन्धी निशुल्क स्वास्थ्य परिक्षण गरिएको थियो ।

शिविरमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर लक्ष्मी सुनार, बालरोग विशेषज्ञ डाक्टर यज्ञराज सिग्देल, बरिष्ठ रेडियोलोजिष्ट डाक्टर आनन्द बहादुर श्रेष्ठ, रेडियोलोजिष्ट डाक्टर सुमिरन श्रेष्ठ , डाक्टर रुपा अधिकारी, स्वास्थ्यकर्मीहरु प्रमिला श्रेष्ठ, शोनी श्रेष्ठ, रविना मानन्धर, सम्झना राना, अस्मिता श्रेष्ठ, रन्जु थापा, सूर्य कुमारी घर्ती, ललिता शाही, शोभा शाही, सागर गुरुङ, अनिता बास्तोला, लक्ष्मी खड्का, सुजन पराजुली, सूर्य बहादुर राना, पुष्पा गुरुङ र सचिन अधिकारी लगायतले शिविरमा बिरामीको स्वास्थ्य परिक्षण गरेका थिए । शिविरमा ८० जनाको ल्याब परिक्षण, ७० बिरामीको भिडियो एक्स रे , २० जना बिरामीको मुटुको इसिजी र २० जना बिरामी बच्चालाई बाफ लगाइएको अस्पतालका सञ्चालक जितेन्द्र पौडेलले जानकारी दिए ।

शिविरको समापन समारोहमा वोल्दै रिजनल अस्पतालका प्रवन्ध निर्देशक डाक्टर यज्ञराज सिग्देलले स्वास्थ्य संस्थाहरुले ब्यापारिक उद्देश्यमात्र नभएर सेवा मुलक काम गर्नुपर्ने बताए । आफुहरुले आगामी दिनमा पनि निशुल्क स्वास्थ्य शिविरलाई निरन्तरता दिने उनको भनाइ रहेको थियो । अस्पतालाका अध्यक्ष जगत बहादुर खड्काले आगामी हप्तापनि अर्को रोगसंग सम्बन्धी निशुल्क स्वास्थ्य शिविर गरिने बताउदै बिरामीहरुलाई सेवा लिन आग्रह गरे ।

अत्याधुनिक सुविधा सहित पोखराको जिरो किलो मिटरमा सञ्चालनमा आएको रिजनल अस्पतालमा २४ सै घण्टा बिषेशज्ञ सेवा प्रदान हुदै आएको छ । आइसियु सहित २५ बेड क्षमता रहेको हस्पिटलले २४ सै घण्टा आकस्मिक सेवा ,अत्याधुनिक प्रयोगशाला, एक्स रे, भिडियो एक्स रे, मुटुको भिडियो एक्स रे , इसिजी लगायत ओपिडि सेवाहरु सुरु गरेको हस्पिटलका म्यानेजर अर्जुन शर्माले जानकारी दिए ।

हस्पिटलमा बालरोग विशेषज्ञ डाक्टर यज्ञराज सिग्देल, हाडजोर्नी विशेषज्ञ डाक्टर दिवस कटुवाल क्षेत्री र डाक्टर दिनेश कुमार बि.क., फिजिसियन डाक्टर मनोज कोइराला र डाक्टर रामकृष्ण गिरी, स्त्री तथा प्रसुती रोग बिशेषज्ञ तारा गुरुङ र डाक्टर लक्ष्मी सुनार, जनरल सर्जन डाक्टर सुनिलमान बिजुक्छे र डाक्टर डेविड श्रेष्ठ, रेडियोलोजिस्ट डाक्टर आनन्द बहादुर श्रेष्ठ, एनेस्थेसिया डाक्टर शुसिल तिमिल्सिना र डाक्टर किरण खत्री, नाक कान घांटी रोग विशेषज्ञ डाक्टर आकाशमणी भण्डारी रहेको सञ्चालक पौडेलले जानकारी दिए । ४ करोडको लगानीमा सञ्चालनमा आएको हस्पिटलमा ३० जनाको लगानी रहेको छ ।

कमेन्टहरु
Loading...