पोखरा, ३२ साउन / पोखराबाट राष्ट्रिय दैनिकहरुमा व्यवस्थापनको काम गर्नेहरुको भेलाले राष्ट्रिय अन्तर मिडिया सञ्जाल गठन गरेको छ ।
सञ्जालको अध्यक्षमा अन्नपूर्ण राष्ट्रिय दैनिकका शिवहरी देवकोटाको संयोजकत्वमा समिति गठन भएको हो ।
समितिको सचिबमा नयाँ पत्रिका राष्ट्रिय दैनिकका होमनाथ अधिकारी, कोषाध्यक्षमा अभियान राष्ट्रिय दैनिकका उत्तम गिरी र सदस्यहरुमा राजधानी राष्ट्रिय दैनिककी कल्पना पौडेल लम्साल र कारोबार राष्ट्रिय दैनिकका सञ्जीब चौधरी रहेका छन् ।
पत्रिकाको वितरण प्रणालीलाई व्यवस्थति गर्ने, आपतकालिन कोषको स्थापना गर्ने लगाएतका उद्देश्यले समिति गठन गरेको देवकोटाले बताए ।