सडक बालबालिकाको अबस्थाबारे बुझुदै- सांसद बराल

पोखरा, २८ चैत/ पोखरा महानगरपालिकाको व्यबस्थापन र चिल्ड्रेन नेपालको सहयोगमा पोखरा क्षेत्रका सडक बालबालिका हाल कास्कीको अन्नपूर्ण गाउँपालिका १ को लेबाडेमा आश्रित छन् । कोरोना भाइरसको शंक्रमण नहोस भन्दै महानगरले लकडाउनको समयमा उनीहरुलाई व्यबस्थापन गरेको हो ।

चिल्ड्रेन नेपालको भवनमा रहेका ३ वालिका सहित १६ जना बालावलिकाहरुको अबस्थाबारे शुक्रबार बुझ्न पुगेका गण्डकी प्रदेश सांसद रामजी बराल (जिवन) ले उनीहरुलाई पारिवारिक वातावरणमा व्यबस्थापन गर्न सवैले सहयोग गर्नुपर्ने बताए ।

सडकमा रहेका वालवालिकाहरुलाई महानगर सहितका अन्य संघ संस्थाको सहयोगमा एकिकृत ढंगले व्याबस्थापन गरिएकोले यसलाई सवैको साथ र सहयोग आवश्यक भएको उनको जोड थियो । उनीहरुको स्वास्थ्य अबस्थाको बारेमा समेत सांसद बरालले चासो दिएका थिए ।

उनीहरु चैत १६ गते पोखरा क्षेत्रका सडकबाट जिल्ला प्रहरी कार्यालय कास्कीको समेत सहयोगमा उनीहरुलाई उक्त क्षेत्रमा लगेर हाल ब्यबस्थापन गरिएको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले बताए ।

यसैबिच, सांसद बरालले पोखरा महानगरपालिका वडा नम्बर २५ हेमजामा शुक्रबार राहत वितरण गरिएको अबस्थाबारे बुझ्दै पोखरा महानगरपालिका १८ को सराङकोटसम्म पुगेका हुन्। विसम परिस्थितीमा वास्तविक चुल्हो नै वाल्न नसक्ने व्यक्तिहरुको पहिचान गरी सामाजिक दुरी कायम गर्दै राहत वितरण गर्न सांसद बरालले सुझाव दिएका थिए ।

हेमजा क्षेत्रमा चुल्हो वल्न छोडेका ६ सय ८० घर धुरीलाई राहत वितरण गर्न सुरु गरिएको पोखरा २५ का वडा अध्यक्ष शोभकर तिमिल्सिनाले बताए । करिब ८५ घर परिवार छुट्न गएको उनले जनाए । ३ सय १० घर परिवार भने आधा प्याकेज उक हजार मुल्य बराबरको राहत पाउने भएको अध्यक्ष तिमिल्सिनाले बताए । पोखरा १८ का वडा अध्यक्ष रणबहादुर थापाले केही दिनमा राहत वितरण हुने भएको बताए ।

कमेन्टहरु
Loading...