विकासका लागि एकजुट हुनु आवश्यकः सांसद पहारी

पोखरा, २९ पुस / ठूलाचौर पोखरा विकास समाजको तेश्रो वार्षिक साधारणसभा तथा रमाइलो बनभोज कार्यक्रम सम्पन्न भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ११ काहुँडाडामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका सांसद राजिव पहारीले गाउँको विकासका लागि सबैजनाको एकता आवश्यक रहेको उल्लेख गरे ।

उनले विकासका आयोजनामा राजनीति भन्दा माथि उठेर योजनाबाट कसरी बढी समुदायलाई फाइदा हुन्छ भन्ने कुराको विश्लेषण गर्नुपर्ने बताए । उनले ठुलाचौरको विकासका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले गाउँमा सडक, पानी र स्वास्थ्यको सेवालाई कसरी सहज र सरल बनाउन सकिन्छ भन्नेमा आफ्नो ध्यान रहेको बताए ।

कार्यक्रममा अन्नपुर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवर, गाउँपालिकाका प्रशासकिय अधिकृत युवराज अधिकारी, डा. गिरिधारी दाहाल, प्राध्यापक कपिलमणी दाहाल, गणेश प्रसाद दाहाल, ऋषिराम दाहाल लगायले कर्मथलो पोखरा भएपनि आफ्नो जन्मभुमि ठूलाचौरको विकासका लागि एकजुटहुने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा गाउँको विकास र ठुलाचौर पोखरा विकास समाजलाई सहयोग गर्ने समाजका सदस्यहरु, सुर्य दाहाल, नारायण प्रसाद अधिकारी र राजु दाहाललाई सम्मान गरेको थियो ।

कार्यक्रममा समाजका कोषाध्यक्ष महेन्द्रराज दाहालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन, र सचिव मनोहरराज दाहालले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन सर्वसम्मतले पारित भएको छ । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका सचिव जिवन दाहाल र कलाकार राजाराम दाहालले कार्यक्रममा सांगितिक प्रस्तुती गरेका थिए ।

समाजका अध्यक्ष तुलसी दाहालको अध्यक्षतामा भएको कार्यक्रममा समाजका उपाध्यक्ष नारायण अधिकारी र सचिव मनोहर दाहालले कार्यक्रम संचालन गरेका थिए ।

कमेन्टहरु
Loading...