रवीन्द्रको स्मृतीमा पोखरामा विभिन्न कार्यक्रम हुने

पोखरा, १३ फागुन / फागुन १५ तत्कालिन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको देहावशान भएको १ वर्ष पुग्दैछ । सो सन्दर्भमा रवीन्द्र अधिकारी स्मृती प्रतिष्ठानले उनको योगदानलाई स्मरण गर्दै विविध कार्यक्रमका साथ वार्षिक स्मृती दिवस मनाउने भएको छ ।

प्रतिष्ठानले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरेर सो विषयका बारेमा जानकारी गराएको हो । स्मृति दिवसका अवसरमा फागुन १० गते कलाकारद्धारा क्यानभासमा रवीन्द्र अधिकारी कार्यक्रम सम्पन्न गरीसकेको प्रतिष्ठानका महासचिव धनराज आचार्यले जानकारी दिए ।

यसैगरी देशभरका स्नातक र स्नाकोत्तर तहका विद्यार्थीहरु सहभागी हुने गरी “नेपाली राजनीति, युवा र रवीन्द्र अधिकारी” शिर्षकमा निबन्ध प्रतियोगिता कार्यक्रम समेत सम्पन्न भएको र विजेताको नाम सहित पुरस्कार सोहि दिन प्रदान गर्ने जानकारी दिनुभयो । सो अवसमा पोखराको शहीद तथा विभूती पार्ककमा रवीन्द्र अधिकारीको पूर्णकदको शालिकको अनावरण गर्न कार्यक्रम समेत रहेको छ ।

कार्यक्रममा प्रधानमन्त्री लगायतका विशिष्ट व्यत्तित्वहरुले रवीन्द्र अधिकारीको बारेमा सम्बोधन गर्न कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी गराइयो । फागुन १६ गते समाजमा रुपान्तरणमा रवीन्द्र अधिकारी विषयक कार्यशाला गोष्ठिको समेत आयोजना गरिएको छ ।

रवीन्द्र पत्नि एवं प्रतिष्ठानका अध्यक्ष विद्या भटट्राईले प्रतिष्ठानले राजनीति भन्दा माथि रहेर रवीन्द्रलाई सम्झन चाहाने सबैको साझा संस्थाको रुपमा रहको बताइन् । उनले –“यो दुखद समयको १ वर्ष पुग्यो, शोकलाई शक्तिमा बदलेर हामी उहाँलाई स्मरण गर्दैछौ” प्रतिष्ठानले रवीन्द्र अधिकारीले समाजमा पुर्याएको योगदानलाई चीरस्थायी बनाउने र उनले अवलम्बन गरेका विचार सिद्धान्तलाई स्थापित गर्दै जीवन्त राख्न सक्रिय रहने बताइन् ।

रवीन्द्र अधिकारीको सकारात्मक र अविस्मरणीय कार्यलाई चीरस्थायी बनाउन जेठ १८ गते प्रधानमन्त्री केपि शर्मा ओलीले गैह्रनाफामूलक संस्थाको रुपमा प्रतिष्ठानको गठन भएको हो ।

कमेन्टहरु
Loading...