पोखरामा किताब साटेर पुस्तक दिवस

पोखरा, ११ वैशाख/¥याण्डम रिडर्स सोसाइटी अफ् नेपालले शनिबार पोखरामा पुस्तक आदान प्रदान गरी विश्व पुस्तक दिवस मनाएको छ । 

पोखरामा किताब साटेर पुस्तक दिवस
पोखरामा किताब साटेर पुस्तक दिवस

सोसाइटीका अध्यक्ष उपेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यव्रmममा प्रमुख वक्ता प्रा. डा. पशुपतिनाथ तिमल्सेनाले उपहारका रुपमा पुस्तक आदान प्रदान गर्ने संस्कारको विकास हुनु राम्रो कुरा भएको बताउनुभयो । अध्ययन संस्कृति समाजमा विस्तारै मौलाउँदै गएको बताउँदै उहाँले विश्व पुस्तक दिवसले पुस्तकप्रति मानिसहरुको ध्यानाकर्षण गराउन भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

सोसाइटीका अध्यक्ष उपेन्द्र पौडेलले सोसाइटीले अध्ययन संस्कृतिको विकासका लागि विभिन्न कार्यव्रmम गर्दै आएको बताउँदै पुस्तक दिवसलाई पनि नियमित रुपमा मनाउने बताउनुभयो । प्रा. डा. पशुपतिनाथ तिमल्सेनाले गोला थुतेर सुरु गर्नुभएको कार्यव्रmममा गजलकार डा. घनश्याम न्यौपाने ‘परिश्रमी’, ज्ञानुवाकर पौडेल, ललिजन रावल, गनेस पौडेल, सरस्वती प्रतीक्षालगायत ६२ जनाले एकआपसमा पुस्तक आदान प्रदान गरेका थिए ।

सोसइटीका सचिव रुपिन्द्र प्रभावीको सञ्चालन र पुस्तक छनोट समितिका संयोजक सरस्वती प्रतीक्षाको स्वागतमा भएको कार्यव्रmममा नियमित पाठकका रुपमा अजय अनमोल र मोती भुजेललाई विशेष उपहारका रुपमा पुस्तक प्रदान गरिएको थियो । युनेस्कोेले सन् १९९५ देखि हरेक वर्ष अप्रिल २३ तारिखमा विश्व पुस्तक तथा प्रतिलिपि अधिकारी दिवस मनाउने घोषणा गरे पनि नेपालमा भने केही वर्ष पहिलेदेखि मात्र यो दिवस मनाउन थालिएको हो । सोसाइटीले विगत ३ वर्षदेखि हरेक वर्ष पुस्तक दिवस मनाउँदै आएको सोसाइटीका सदस्य सुरज उपाध्यायले जानकारी दिनुभयो ।

कमेन्टहरु
Loading...