कोरोनाले भ्रमर्ण वर्षलाई धक्का – अध्यक्ष दाहाल

पोखरा, २२ माघ / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल पर्यटन भ्रमण वर्षलाई कोरोना भाइरसले ठेस पु¥याएको बताएका छन् ।

नेपाल पर्वतारोहण संघद्धारा अन्तराष्ट्रिय पर्वतीय संग्रहालयमा शान्ति पूजाको कार्यक्रममा सहभागी हुदाँ दाहालले उत्साह, उच्च आकांक्षा लिएर नेपाल पर्यटन भ्रमण वर्ष मनाइरहेको अवस्थामा कोरोनाले ठेस पु¥याएको बताए ।

उनले चीन सरकारले चामत्कारिक हिसाबले अस्पताल बनाउने र भ्याक्सिन पत्ता लगाउने प्रक्रिया अगाडि बढाइसकेको बताए । नेपालमा कोरोनाबाट त्रसित हुनुपर्ने अवस्था नरहेको भन्ने सन्देश प्रवाह गर्दै भ्रमण वर्षलाई सफल पार्नु पर्ने बताए ।

मुख्य रिन्पोछे विद्याधर आचार्य महायोगी श्रीधर राणा रिन्पोछे सहित ६० बढी लामा गुरुबाट शान्ति कामनासहित गरिने प्रवचनमा ५०० भन्दा बढी बुद्ध दर्शनसंग सम्बन्धित पुस्तक बाचान गरिने सो शान्ति पूजा तीन दिनसम्म चलेको थियो । यसअघि लुम्विनीबाट शान्ति दीप ल्याएको थियो ।

शान्ति पुजाका अन्तर्गत शान्ति दिप र काङग्युर तथा तेन्ग्यूर परिक्रमा, लामाहरुबाट बज्रकिलाया मुकुट नृत्य कार्यक्रमहरु भएको नेपाल पर्वतारोहण संघ अध्यक्ष सन्तबिर लामाले बताए । उनले नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउने पनि विश्व शान्ति पूजा बहुउपयोगी बन्ने विश्वास व्यक्त गरे ।

अन्तराष्ट्रिय पर्वतीय संग्रहालयमा एउटै छानामुनी हिमाल र हिमालीको गतिविधिका बारेमा अध्ययन अवलोकन गर्न सकिने छ । यस अघि अन्तराष्ट्रिय पर्वतीय संग्रहालयमा पहिलो विश्व शान्ति पूजा २०५९ साल फागुन १३ देखि १५ सम्म र दोस्रो २०७२ साल माघ १९ देखि २१ सम्म सम्पन्न भएको थियो ।

https://www.youtube.com/watch?v=Z-rT5FXb7Rg

 

कमेन्टहरु
Loading...