चुनाव गराउन सरकार प्रतिबद्ध अर्थमन्त्री कोइराला

सागर राज तिमिल्सिना/पोखरा, ११ असोज /अर्थमन्त्री शकर कोइरालले वर्तमान सरकार चुनाव गराउनका लागि गठन भएको र त्यसका लागि प्रतिबद्ध रहेको बताउनु भएको छ । उहाँले निवार्चन सम्पन्न गर्न सबैले सहयोग गर्नु पर्ने बताउनु भयो । पत्रकार महासंघ कास्कीले स्थापना गरेको पोखरा पत्रकारीता पुरस्कार वितरण गर्दै उहाँले पोखराको बारेमा उठेको प्रसंगमा पोखरामा क्षेत्रीयस्तरको विमानस्थल निर्माणका लागि सबैभन्दा पहिला पोखरेलीहरुले जग्गा मुआब्जा विवाद सल्ट्याउनुपर्ने कुरा बताउनु भयो ।

अर्थमन्त्री कोईरालाले पत्रकार महासंघ कास्कीको भवन निर्माणका लागि अर्थमन्त्रालयबाट सहयोग गर्ने प्रतिबद्धता गर्नु भयो । उहाँले पत्रकारहरुको हकहितका लागि आफु सँधै कतिबद्ध भएको उल्लेख गर्दै नेपाली पत्रकारितालाई व्यवसायिक बनाउनु पर्ने बताउ भयो । पुरस्कार पत्रकार पुण्य पौडेल पोखरा पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरीएको हो । पत्रकार महासंघ पोखराले प्रदान गर्दै आएको यो पुरस्कार पाउने पौडेल पाँचौ व्यक्ति हुन् । शुक्रबार अर्थमन्त्री शंकर कोईरालाले पौडेललाई पुरस्कार स्वरुप पौडेलले ३५ हजार रुपैँया प्रदान गर्नु भयो ।puina poudel

पुरस्कार प्रदान गर्दै अर्थमन्त्री शंकर कोईरालाले पत्रकार महासंघ कास्कीको भवन निर्माणका लागि अर्थमन्त्रालयबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । पत्रकारहरुको हकहितका लागि आफु सँधै कतिबद्ध भएको उल्लेख गर्दै नेपाली पत्रकारितालाई व्यवसायिक बनाउनुपर्नेमा उनले जोड दिए । त्यस्तै अर्को प्रसंगमा बोल्दै अर्थमन्त्री कोईरालाले वर्तमान सरकार चुनाव गराउनका लागि गठन भएको र त्यसका लागि प्रतिबद्ध रहेको समेत स्पष्ट पारे । पोखराको बारेमा उठेको प्रसंगमा उनले पोखरामा क्षेत्रीयस्तरको विमानस्थल निर्माणका लागि सबैभन्दा पहिला पोखरेलीहरुले जग्गा मुआब्जा विवाद सल्ट्याउनुपर्ने कुरा अगाडी सारे ।

पुरस्कृत व्यक्तित्व पुण्य पौडेलले लामो समयदेखि आफुले पत्रकारिता गरेको परिणाम पाउँदा निकै खुशी लागेको प्रतिक्रिया दिए । दुई दशक भन्दा लामो समयदेखि पोखराको पत्रकारितामा क्रियाशिल पत्रकार पौडेल नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघ कास्की शाखाका पूर्व अध्यक्ष समेत हुन् । पत्रकार पौडेलले २०४५ सालमा दृष्टि साप्ताहिकवाट पत्रकारिता सुरु गरेका थिए । पत्रकार पौडेलले दृष्टि, छलफल, वुधवार, जनआस्था, रेडियो नेपाल, पोखरा हटलाईन, हिमाली आवाज, हिमचुली एफ.एम लगायतका छापा तथा विद्युतिय संचारमाध्यममा काम गरिसकेका छन् । हाल पौडेल पोखरापत्र दैनिकका प्रधान सम्पादक हुन् ।

शुक्रबार पुरस्कार वितरण कार्यक्रममा प्रेस काउन्सीलका केन्द्रिय सदस्य माधव शर्माले पौडेललाई बधाई ज्ञापन गर्दै पत्रकारहरुका लागि सरकारले व्यक्तिगत तथा व्यवसायिक सुरक्षा दिनुपर्ने आवश्यकता औँल्याए । त्यस्तै पुरस्कार छनौट समितिका संयोजक कसुमकेशव पराजुलीले पनि पौडेल पुरस्कारको लागि योग्य भएका कारण उनी छनौटमा परेको बताए । यो पुरस्कार यसअघि पत्रकारहरु नारायण कार्की, कुशुमकेशव पराजुली, वद्रीविनोद प्रतिक र माधव शर्माले प्राप्त गरिसकेका छन् । २०५४ सालमा स्थापना भएको पोखरा पत्रकारिता पुरस्कार पोखरामा कार्यक्षेत्र वनाई समग्र पोखराको पत्रकारिताको संस्थागत विकासमा उल्लेखनिय योगदान पु¥याएका अग्रज पत्रकारलाई दिने गरिन्छ ।

कमेन्टहरु
Loading...