पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन राप्रपा कास्कीको माग

पोखरा, २५ पुस / राप्रपा कास्कीको बिहीबार विशेष बैठकले २७ गते पृथ्वी नारायण शाहको २९८ औं जन्मोत्सव सार्वजनीक विदा दिन माग गरेको छ ।

बैठकमा केन्द्रिय सदस्यहरु जयलाल पुन, शिवप्रसाद चालिसे, सिता खड्का, नारायण गुरुङ, जिल्ला अध्यक्ष उपाध्यक्ष गणेश ढकाल लगायतले पृथ्वी जयन्तीको दिन सार्वजनिक विदाको माग गर्दै भव्य रुपमा मनाउन सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्ने बताए ।

विशेष बैठकले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मोत्सवका दिन पौष २७ गते आइतबारका दिन पृथ्वीचोकमा दिनको ११ बजे हुने भएकोले सम्पूर्ण संघसंस्था, देशभक्त राष्ट्रवादी महानुभावहरुमा उपस्थितिका लागि आह्वान समेत गरेको छ ।

बैठकले नेपाल सरकार तथा गण्डकी प्रदेशका मुख्य मन्त्री समक्ष सार्वजनिक विदाको माग गर्ने निर्णय गरेको छ । राप्रपा कास्कीका अध्यक्ष डा.महेन्द्रबहादुर कार्कीको अध्यक्षतामा भएको बैठकको संचालन सचिव हरिप्रसाद बरालले गरेका थिए ।

कमेन्टहरु
Loading...