भदौ देखी सञ्चार माध्यमलाई कडा कानुनः अध्यक्ष किशोर श्रेष्ठ

श्याम राना
पोखरा, १७ साउन/प्रेस काउन्सिल नेपालका कार्यबहाक अध्यक्ष किशोर श्रेष्ठले भदौ देखी सञ्चार माध्यमलाई कडा नियम आउन लागेको बताएका छन् ।

प्रेस काउन्सिल नेपाल आयोजना र पत्रकार महासंघ कास्कीको सहकार्यमा बिहीबार पोखरा आयोजना भएको कार्यक्रममा श्रेष्ठले भदौ देखी सञ्चार माध्येमलाई कडा कानुन आउने बताउदै सबै सञ्चार माध्यले प्रक्रिया पु¥याएर मात्रै समाचार प्रकासन गर्नु पर्ने संचारकर्मीलाई बताए । पत्रकारीतामा कसैले÷कसैलाई नटेर्ने परिपाटी हाबी भएको उनले टिप्पणी गरे ।

पत्रकारहरु आफ्नो आचार संहिता भन्दा बाहिर गएर आफ्नो कुरा मात्र पाठकमा थोपर्न खोजेकोमा उनले गुनासो पोखे । फेसबुक, ट्वीटरमा कमेन्ट हेरेर व्यक्तिको चरित्र मुल्याङ्कन गर्न नहुने उनको तर्क थियो ।

प्रेस काउन्सिल नेपालका तिर्थ कोइराला, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवाली, पत्रकार भरत कोइराला लगाएतले पत्रकारीता र यसका समस्याका बारेमा छफफल गरेका थिए ।

कमेन्टहरु
Loading...