फोटो पत्रकार संघको अध्यक्षमा प्रदिप पौडेल

पोखरा, १ पुस / नेपाल फोटो पत्रकार संघ कास्कीको मंगलवार भएको छैटौ अधिवेशनले प्रदिप पौडेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा नारायण प्रसाद आचार्य, सचिवमा दुर्गाप्रसाद पौडेल, सहचिवमा उमेश पुन र कोषाध्यक्षमा सुरेश कुमार श्रेष्ठ (सुरज ) लाई सर्वसम्मत रुपमा चयन गरेको छ । सदस्यमा अशेष शाक्य र सञ्जय शाक्य चयन भएका छन् । अधिवेशनले सल्लाहाकारमा निर्वतमान अध्यक्ष इन्द्रप्रसाद पौडेल चयन भएका छन् ।

फोटो पत्रकार संघ जनआन्दोलन २०६२/०६३ को क्रममा अप्ठ्यारो समयमा स्थापना भएको हो । आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट धरपकड भएपछि फोटो पत्रकार संगठीत भएका थिए । फोटो पत्रकार संघले जनआन्दोलन पछि आन्दोलनको बृत चित्र, फोटो प्रदर्शनी गरेको थियो ।

यस अघि फोटो पत्रकास संघमा घनश्याम पौडेल, कृष्णमणि बराल, ओम लामा र इन्द्रप्रसाद पौडेल अध्यक्ष रहेका थिए । अधिवेशनमा अध्यक्ष, सचिव र कोषाध्यक्षको प्रतिवेदन पारित भएको थियो । उक्त कार्यक्रमको सभा अध्यक्ष इन्द्रप्रसाल पौडेलको अध्यक्षतामा भएको थियो भने प्रमुख आतिथ्यता फोटो पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष राम गुरुङ रहेका थिए ।

कमेन्टहरु
Loading...