जोन २३ को ‘प्रि– एड्भाइजरी कमिटि मिटिङ’

पोखरा, २१ असार /लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका जोन चियरपर्सन सोवित पौडेलले ‘डिष्ट्रिक्ट गभर्नर्स प्रि–एड्भाइजरी कमिटी मिटिङ’ सम्पन्न गरेका छन् । रिजन ११ अन्तर्गत जोन २३ का क्लबहरुको सहभागितामा उनले मिटिङ गरेका हुन् ।

कार्यक्रममा डिष्ट्रिक्टका क्याबिनेट सेक्रेटरी राम बसेलले जोन अन्तर्गतका क्लबहरुले सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनेमा आफू विश्वस्त रहेको बताए ।  कार्यक्रममा डिष्ट्रिक्टका चिफ एडभाइजर ध्रुव श्रेष्ठ, डिपार्टमेन्ट चिफ तीर्थ श्रेष्ठ, डिष्ट्रिक्टका एडभाइजर विनोद ढुङगाना, रिजन चियरपर्सन अर्जुनबहादुर थापा, जोन चियरपर्सन अर्जुन पोखरेल लगायतले बोलेका थिए ।

कार्यक्रममा लायन्स क्लब अफ पोखरा मिड टाउनका अध्यक्ष देवी तिमिल्सिना, पोखरा स्काइ टाउनका अध्यक्ष केशबहादुर केसी, पोखरा हेरिटेजका अध्यक्ष शिव सुवेदी, पोखरा हेल्थका अध्यक्ष गणेश गिरीले क्लबले लायन वर्ष २०१८/१९ मा गर्ने कार्यक्रमहरु बारे जानकारी गराएका थिए ।

कमेन्टहरु
Loading...