पोखरा, २ जेठ /पोखरा लेखनाथ महागरपालिकाको पछिल्लो मतगणनाको परिणाम अनुसार नेकपा एमालेको अग्रता जारी छ ।
२१ सय मत गनिसक्दा एमालेका उम्मेदवार मानबहादुर जिसीले ९ सय ५१ र काँग्रेसका उम्मेदवार रामजी कुवँरले ७ सय २० मत प्राप्त गरेका छन् । उपप्रमुखमा एमालेकै मञ्जुदेवी गुरुङले ९ सय ३४ र काँग्रेसकी उम्मेदवार सरस्वति गुरुङले ७ सय ३९ मत पाएकी छिन् ।
वडाध्यक्षमा एमालेका लागि ९ सय ८१ र काँग्रेसका लागि ६ सय ९९ मत परेको छ । निरन्तर अपडेटका लागि हामी सगैँ रहेको छ ।