पोखरा विश्वविद्यालयका विद्यार्थीहरु जापान तर्फ

पोखरा, माघ २६/शिक्षा मन्त्रालय, नेपाल र जापान सरकारको अन्तर्राष्ट्रिय सहयोग केन्द्रको आयोजनामा सम्पन्न हुने विद्यार्थी आदानप्रदान (स्टुडेन्ट एक्सचेन्ज) कार्यक्रममा सहभागी हुन पोखरा विश्वविद्यालयका चार जना विद्यार्थीहरु आइतबार जापान प्रस्थान गरेका छन् ।

भ्रमण अन्तर्गत नेपाली विद्यार्थीहरु १५ दिन जापानको टोकियो र हिरोसिमा शहरका विभिन्न कार्यक्रमहरुमा सहभागी हुनेछन् । जापान–इष्ट एसिया नेटवर्क अफ एक्सचेन्ज फर स्टुडेन्ट एण्ड युथ (जेनेसी) मा भाग लिने विद्यार्थीहरूमा पोखरा विश्वविद्यालयमा बिडेभ्स अध्ययनरत सुवास मल्ल, एमपिजिडी अध्ययनरत गीता पाइजा, बिबिए अध्ययनरत शान्ता रेग्मी र बिएस्सी नर्सिङ्ग अध्ययनरत आरती श्रेष्ठ छन् । उनीहरुसँगै नेपालको प्रतिनिधित्व गर्दै विभिन्न विश्वविद्यालयका २४ जना विद्यार्थीहरु पनि भ्रमणमा सामेल छन् ।

जापान भ्रमणका क्रममा नेपाली विद्यार्थीहरु हिरोसिमा विश्वविद्यालय र हिरोसिमा विज्ञान प्रविधि अध्ययन संस्थानले आयोजना गरेका विभिन्न कार्यक्रमहरुमा सहभागी हुनेछन् । साथै टोकियो र हिरोसिमा शहरका विभिन्न अध्ययन संस्थानहरु, संग्राहलयहरु, फोहोर व्यवस्थापन केन्द्र र दोस्रो विश्वयुद्धका क्रममा भएका क्षति भएका वस्तीहरुको भ्रमण पनि गर्ने कार्यक्रम रहेको विश्वविद्यालयले जनाएको छ ।

कमेन्टहरु
Loading...