पोखराको उज्यालो बजारमा आगोलागि, १७ सटर जल्दा २ करोडको क्षती

पोखरा, २६ जेठ/पोखराको सिद्धार्थचोकमा रहेको उज्यालो बजारमा आगोलागि भएको छ । शुक्रबार राती १२ बजे तिर लागेको आगो राती २ बजे तिर नियन्त्रणमा दिएको थियो ।

नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी, दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको हो । आगोलागिबाट करिब २ करोडको क्षती भएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक नविन कार्कीले जानकारी दिए ।

उज्यालो बजारमा रहेका १७ वटा सटरहरु पुर्ण रुपमा जलेका छन् भने १७ वटामा आम्सीक क्षती भएको उनले जानकारी दिए । विद्युत सटर भएर आगोलागि भएको प्रहरीको अनुमान छ । उज्यालो बजारमा दृष्टिविहिनहरुले सञ्चालन गरेको पसलमा रहेका थिए ।

कमेन्टहरु
Loading...