पोखरा ट्रेड मलले नयाँ बर्ष विशेष कार्यक्रम गर्ने

पोखरा, २५ चैत्र /पोखराको चिप्लेढुङ्गामा रहेको पोखरा ट्रेड मलले ‘नयाँ बर्ष विशेष कार्यक्रम’ गर्ने भ​एको छ । नेपाली नयाँ बर्षको अबसर पारेर पोखराकै ठुलो ब्यापारिक मल​  पोखरा ट्रेड मलले  बैशाख १ गतेदेखि जेठ २६ गतेसम्म ​नयाँ बर्ष विशेष कार्यक्रम संञ्चालन गर्न लागेको शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।

नयाँ बर्ष विशेष कार्यक्रम अन्तर्गत सामान खरिदमा बम्पर उपहार योजना सहित विविध सास्कृतिक कार्यक्रम समेत समावेश गरिने बताईएको छ । नयाँ बर्षको दिन बैशाख १ गतेदेखि जेठ २६ गतेसम्म सञ्चालन हुने कार्यक्रम अन्तर्गत विगतमा जस्तै बम्बर उपहारहरु, विंगो हंगामा, फेशन शो र विविध सास्कृतिक कार्यक्रम समावेश गरिएको सञ्चालक सन्तोष घिमिरेले जानकारी दिए ।

बम्पर उपहार योजनामा ग्राहकले मल भित्र न्युनतम एक हजारको सामान खरिदमा एउटा कुपन र २५ सय वा सो भन्दा बढीको सामान खरिदमा तीन थान उपहार कुपन प्राप्त गर्ने र साप्ताहिक रुपमा सञ्चालन हुने विंगो हंगामा खेलमा २० हजार रुपैया सम्म जित्न सक्ने छन् । बम्बर उपहार योजना अन्तर्गत अन्तमा पहिलो हुनेलाई वासिङ मेसिन, दोस्रो हुनेलाई ३२ इन्चको एलइडी टिभी र तेस्रो हुनेलाई फ्रिज उपहार प्रदान गरिने बताईएको  छ ।

बम्बर उपहारको नतिजा लक्की ड्र मार्फत जेठ २७ गते दिउसो ३ बजे घोषणा गरिने पोखरा ट्रेड मल एण्ड हाउजिङ प्रालिले जनाएको छ ।बैशाख १ देखि जेठ २६ सम्म प्रत्येक हप्ताको शुक्रवार विंगो हंगामा खेल सहित सास्कृतिक कार्यक्रम सञ्चालन गरिने संयोजक नवराज त्रिपाठीले जानकारी दिए । नेपालमै पहिलो पटक फेशन ट्रेड नामक कार्यक्रम सञ्चालन गर्न लागिएको उनले बताए ।

ट्रेड मल भित्र बैशाख १ गतेबाट औपचारिक रुपमा सञ्चालनमा आउने अन्तराष्ट्रिय स्तरको फेसियल हाउसको विशेष संयोजनमा फेशन ट्रेड नामक कार्यक्रम सञ्चालन गर्न लागिएको हो । यो ट्रेड अन्तर्गत प्रत्येक शुक्रवार फेशन शो आयोजना हुने र नयाँ डिजाइन तथा प्रोडक्टहरुको प्रयोगमा सौन्दर्य मेकअप डिजाइनहरु मोडल मार्फत प्रस्तुत गरिने सिनियर ब्युटिसियन सुष्मा महराले बताइन् ।विशेष पर्व तथा अवसरहरुमा ट्रेड मललाई ग्राहकसँग प्रत्यक्ष जोड्ने अभियान अन्तर्गत नयाँ बर्ष विशेष कार्यक्रम सञ्चालन गर्न लागिएको पोखरा ट्रेड मल एण्ड हाउजिङ प्रालिका अध्यक्ष विन्दु कुमार थापाले जानकारी दिए ।

कम्पनी सचिव माधब तिमल्सिनाका अनुसार २०७२ असोज २६ देखि औपचारिक रुपमा सञ्चालनमा आएका पोखरा ट्रेड मलमा हाल २२० ब्यापारिक प्रतिष्ठानहरु आबद्ध छन् ।पोखरा ट्रेड मलले यसअघि नेपालीको महान पर्व दशै र तिहारको अबसरमा ‘दशैतिहार बम्बर उपहार योजना ’ सञ्चालन गरेको थियो ।

कमेन्टहरु
Loading...