प्रदेश ४ मा एसइई परीक्षामा ४८ हजार, कास्कीबाट १७ दृष्टिविहीन सहभागी

पोखरा, ८ चैत्र/बिहीबार देखी सुरु भएको एसइई परीक्षामा कास्कीमा सुस्त संवर्ण र दृष्टिविहीन गरी १७ जना अपाङग परीक्षार्थी माध्यमिक शिक्षा एसइई परीक्षामा सहभागि भएका छन् । अमरसिँह मावि अमरसिहबाट ९ जना तथा जनप्रकाश मावि भण्ढारढिकबाट ३ जना दृष्टीविहीन गरी ११ जना सहभागी दृष्टिबिहिन र ६ जना सुस्त संवर्णमा भएका विद्यार्थी सहभागी भएका छन् ।

प्रदेश ४ मा एसइई परीक्षामा ४८ हजार, कास्कीबाट १७ दृष्टिविहीन सहभागी
प्रदेश ४ मा एसइई परीक्षामा ४८ हजार, कास्कीबाट १७ दृष्टिविहीन सहभागी

बाल सुधार गृह सराङकोटवाट ४ जना सहभागी भएको जिल्ला शिक्षा अधिकारी नरेन्द्रराज पौडेलले जानकारी दिए । परीक्षामा कास्कीका सामुदायिक १ सय १८ र संस्थागत १ सय ७९ विद्यालयका १० हजार ५ सय ५२ जना परीक्षार्थी परीक्षामा सहभागी भएका छन् । पहिलो दिन १ सय ६ जना परीक्षार्थी अनुपस्थीत भएको पौडेलले बताए ।

परीक्षामा विभिन्न कागजात तथा उमेर नपुगेका कारण एक सय १७ जना परीक्षार्थी परीक्षा दिनबाट बञ्चित भएको उनले बताए । बिहीबार बिहान ८ बजेबाट सुरु भएको पहिलो दिनको अंग्रेजी बिषयको परीक्षा शान्तिपुर्ण रुपमा सम्पन भएको छ । परीक्षाका लागि कास्कीमा ३१ वटा केन्द्र तोकिएको रहेका छ । परीक्षामा ३१ केन्द्राध्यक्ष, ५० जना साहायक केन्द्रअध्यक्ष, २ सय ३३ कार्यालय सहयोगी र २ सय २५ जना सुरक्षाकर्मी परिचालन गरीएको थियो । त्यसै गरि प्रदेश ४ बाट एसइई परीक्षामा ४८ हजार ९ सय ५४ बिद्यार्थी सहभागी भएका छन् ।

कमेन्टहरु
Loading...