पोखराको दुई ठाउँमा शंकास्पद बस्तु भेटियो

पोखरा, ५ बैशाख/पोखराको दुई ठाउँमा शंकास्पद बस्तु भेटिएका छन् । गण्डकी प्रदेशसभा भवन प्रबेश गेट आगाडी शंकास्पद बस्तु भेटिएको छ ।

पोखरा ३ नदिपुरमा रहेको प्रदेशसभा भवन प्रबेश गर्ने गेट अगाडी शंकास्पद बस्तु भेटिएको हो । बम हुन सक्ने भएकाले अहिले नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोजको तयारी गरेको छ ।

त्यसै गरि पोखरा ५ जिरोकिलो नजिकै शंकास्पद बस्तु फेला परेको छ । कालो टेपले बेरेर राखेको अवस्थामा शंकास्पद बस्तु फेला परेको हो ।

विप्लव माओवादीको बन्दका क्रममा उनीहरुले नै राखेको हुन सक्ने प्रहरीको भनाई छ ।

कमेन्टहरु
Loading...